arrow

पूर्व थाई प्रधानमन्त्रीद्वारा सेनाले प्रस्ताव गरेको संविधान अस्वीकार गर्ने

logo
प्रकाशित २०७३ साउन १२ बुधबार
thilend-ex-primeminister.jpg.jpeg
बैंकक (थाइल्यान्ड) । थाइल्यान्डको सबैभन्दा पुरानो राजनीतिक दल डेमोक्रेट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री अभिसित भेज्जाबिबाले थाइल्यान्डको सैनिक सरकारले प्रस्ताव गरेको नयाँ संविधानलाई आफू र आफ्नो दलले स्वीकार गर्न नसक्ने बताएका छन् । 
 
भेज्जाबिबाको यो प्रतिक्रियालाई उनको दलको आधिकारिक अडान भने नभएको बताइएको छ । थाइल्यान्डमा सैनिक सरकारले राजनीतिक दलको बैठक, भेला तथा सम्मेलन गर्न नपाउने गरी प्रतिबन्ध लगाएका अवस्थामा आधिकारिक राजनैतिक निर्णय आउन नसकेको हो । 
 
सरकारले प्रस्तुत गरेको संविधानको खाकामाथि आलोचना गर्नसमेत पनि कडा सीमा निर्धारण गरेको छ । सेनाले तयार पारेको उक्त संविधानको खाकालाई आगामी अगस्ट ७ मा हुने जनमतसङ्ग्रहका लागि पेस गरिने छ । 
 
अभिसितले सैनिक सरकारद्वारा प्रस्तावित संविधानको खाकामा देशमा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको कल्पना नगरिएको साथै यसले थाई नागरिकको स्वतन्त्रतालाई सीमित राखेको लगायतका कुरामा असहमति जनाउँदै यस खाकाको विरोध गरेका छन् । 
 
डेमोक्रेट्सका राजनीतिक प्रतिद्वन्द्वी पार्टी फेउ थाई पार्टीले पनि नयाँ संविधानको प्रस्तावप्रति असहमति जनाएको छ । थाइल्यान्डको सेनाले फेउ थाई पार्टीलाई सन् २०१४ मा सत्ताच्युत गरी शासन सम्हाल्दै आएको छ ।एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ