arrow

रेखा थापा पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
rekha-thapa-rpp-actress.gif

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छिन् । एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानपछि आज बिहान सम्पन्न मतगणनामा थापालाई पराजित गर्दै कुन्ती शाही विजयी भएकी हुन् । 

रेखा अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनको समूहबाट महामन्त्रीमा उम्मेदवार बनेकी थिइन् । शाही भने कमल थापा पक्षबाट मैदानमा थिइन् । 

प्राप्त मत परिणामअनुसार विजयी भएकी शाहीले २ हजार ८ मत ल्याइन् । थापाले १ हजार ६४० मत मात्र प्राप्त गरिन् ।

राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवार बनेकी थापाले शाहीमाथि गम्भीर आरोपहरु लगाउँदै सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ