arrow

टर्की कू को प्रयासमा साथ दिने दर्जनौं संचारमाध्यममाथि प्रतिवन्ध

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
turkey.jpg.jpeg
टर्की । टर्कीमा गत जुलाई १५ तारिख (असार ३१ गते) भएको असफल सैन्य कू को प्रयासलाई साथ दिएको आरोपमा टर्की सरकारले दर्जनौं सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएको छ ।
 
सरकारले ३ समाचार संस्था, १६ टेलिभिजन, ४५ दैनिक पत्रपत्रिका र १५ म्यागजिन बन्द गर्ने निर्णय गरेको हो । 
 
यस्तै २९ वटा प्रकाशन संस्था पनि बन्द भएका छन् । बन्द गरिएका सबै सञ्चारमाध्यम अमेरिकासहित पश्चिमा राष्ट्रबाट प्रभावित वा समर्थित रहेको बताइएको छ ।
 
सरकारले ४७ जना पत्रकारलाई पक्राउ गर्न आदेश दिएको छ भने ४२ जनाविरुद्ध वारेन्ट जारी गरेको छ । यस्तै १६ सय ८४ जना सैनिक अधिकारीलाई सरकारले पदमुक्त गरेको छ । जसमा १ सय ४९ जना जनरलसहितका उच्च अधिकारी छन् ।
 
सैन्य कू को प्रयासका क्रममा २ सय ४६ जनाको मृत्यु भएको थियो भने दुई हजारभन्दा बढी घाइते भएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ