arrow

मायावतीलाई ‘बेश्या’ भन्ने भाजपा नेता सिंह पक्राउ

logo
प्रकाशित २०७३ साउन १५ शनिबार
mayawati-dayashankar-split-650_650x400_51469076629.jpg.jpeg
पटना (भारत)। भारतीय प्रहरीले बहुजन समाज पार्टीकी उच्च नेत्री मायावतीको अपमान (बेइज्जत) गरेको आरोपमा हिन्दूवादी एक नेतालाई शुक्रबार पक्राउ गरेको छ । 
 
भाजपा नेता दयाशङ्कर सिंहले नेत्री मायावतीलाई ‘बेश्या’ भन्दा खराब भनी अपमानित गरेको भनी खबर पत्रपत्रिका तथा अन्य सञ्चारमाध्यममा आएपछि प्रहरीले हिन्दूवादी नेता सिंहलाई पक्राउ गरेको हो । 
 
लाखौँ दलित जनताको प्रतिनिधित्व गर्ने नेत्री मायावतीलाई अपमानित हुनेगरी आलोचना गरेपछि सिंहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाले कारबाही गरी दलबाट हटाएको घोषणा गरिसकेको छ । 
 
कारबाहीपूर्व सिंहले भाजपाको उत्तर प्रदेशको उच्च नेताका रुपमा काम गर्दै आएका थिए । सिंहले केही समय पहिले मायावतीले दलको राज्यसभाका लागि गरिएका मनोनयन लाखौँ रुपैयाँ लिई बिक्री गरेको प्रसङ्ग जोड्दै नेत्री मायावतीलाई ‘बेश्याको भन्दा खराब चरित्र’ भएकी महिला भनी आलोचना गरेका थिए । 
 
तर यसलाई लिएर देशैभर व्यापक आलोचना र आन्दोलन भएपछि सिंहले आत्मालोचना गरेका थिए । एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ