arrow

सर्वोच्चमा प्रस्तावित ११ जना न्यायाधीशको नाम अनुमोदित

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
suprim-cort.jpg.jpeg
काठमाडौँ । संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषदबाट सिफारिस भएका ११ जनाकै नाम अनुमोदन गरेको छ । 
 
समितिको आइतबार बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरिएका पुनरावेदन अदालतका मुख्य न्यायाधीश सात र चार वरिष्ठ अधिवक्ताको नाम अनुमोदन गरेको समितिका सदस्य आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिए । 
 
सर्वोच्च अदालतका न्यायाधीशमा अनुमोदन हुनेमा पुनरावेदन अदालतका मुख्य न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन् । 
 
वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना मल्लको नाम पनि समितिले सुनुवाइपछि अनुमोदन गरेको छ । कार्कीको नाम सिफारिसमा परेकाहरुको सूचीमा पाँचौँ बरियतामा छ । उनीसंग यसअघि महान्याधिवक्ता र नेपाल बार एसोसिएसनका अध्यक्ष भएको अनुभव छ । 
 
नेपालको संविधानले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति हुने व्यक्तिको संसदीय सुनुवाइ गर्ने संवैधानिक व्यवस्था गरेको छ । अनुमोदित नाममध्ये कार्यकाल र उमेर हदका हिसाबले प्रस्तावित न्यायाधीश श्रेष्ठ तथा वरिष्ठ अधिवक्तात्रय कार्की, राउत र मल्ललाई प्रधानन्यायाधीशको सम्म जिम्मेवारी मिल्ने सम्भावना देखिएको छ । पछिल्लो नियुक्तिपछि अदालतमा प्रधानन्यायाधीश समेत तीन महिला न्यायाधीश हुने छन् । 
 
न्यायपरिषदबाट २०७२ साल फागुन १८ गतेको निर्णयानुसार उनीहरुलाई अदालतका न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएकामा संसदीय सुनुवाइ विशेष समिति गठनमा भएको ढिलार्इ र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावसम्बन्धि विषयले समेत सुनुवाइको काम पछि सरेको थियो । समितिले गत बुधबार र बिहीबार एघारै जनाको सुनुवाइ गरेको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ