arrow

बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान

logo
प्रकाशित २०७३ साउन १७ सोमबार
Bidhya.jpg.jpeg
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आह्वान गरेकी छन् । 
 
सहमतिका लागि तोकिएको समयसीमामा कुनै सहमति हुन नसकेपछि राष्ट्रपति भण्डारीले सोमबार व्यवस्थापिका–संसद् सचिवालयलाई पत्र पठाएर बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आग्रह गरेकी हुन् । 
 
नेपालको संविधानको धारा ३०५ को बाधा अड्काउ फुकाउ आदेश तथा संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति भण्डारीले पत्र पठाएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार वबिन शर्माले जानकारी र्दिए ।  
 
राष्ट्रपति भण्डारीले यही साउन १० गते प्रमुख दललाई सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न आग्रह गर्नुभएको थियो । राष्ट्रपतिले दिएको सहमतीय सरकार गठनको समय सीमा आइतबार सकिएको छ । एक साताको समय भित्र सहमति जुट्न नसके पुनः बहुमतका आधारमा प्रक्रिया अघि बढाउने संवैधानिक व्यवस्था छ । 
 
राष्ट्रपतिको पत्र प्राप्त भएपछि संसद् सचिवालयले प्रधानमन्त्री चयनको कार्यतालिका तयार गर्नेछ । सचिवालयले यही बुधबार नयाँ प्रधानमन्त्री चयन हुने गरी प्रक्रिया सुरु गर्न लागेको जनाएको छ । व्यवस्थापिका–संसद्को बैठक दिउँसो ३ बजे बस्दै छ । 
 
बैठकमा पूर्व सांसद एवं पूर्व अर्थराज्यमन्त्री हरिराज खेवाको शोक प्रस्ताव पारित गरिने र त्यसपछि राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र बाचन गर्ने कार्यसूची रहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ