arrow

नेपालमा बनेको बलिउड फिल्मको यस्तो टिजर

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
607182001.jpeg
काठमाडौ । साउथ इन्डियन निर्देशक अरविन्द एमले निर्देशन गरेको नेपाली हरर र थ्रीलर फिल्म‘ट्वेन्टी सेभेन आवर्स’को फस्ट लुक (ट्रीजर) सार्बजनिक भएको छ ।

२७ सेकेन्डको ट्रीजरमा दर्शकलाई सम्बाद बिनाको केही सिन राखिएको छ । जुन सिनहरु निकै डरलाग्दा छन् । भारतको हैदरावादमा पोस्टप्रोडक्सनको काम भैरहेको यो फिल्ममा सम्पुर्ण प्राबिधिक समेत भारतीय नै रहेका छन् ।

नेपालको पाल्पा ,बुटवल र भारतको मुम्बईमा छायांकन गरिएको यो फिल्मलाई कलाकार समेत रहेका दिपक लम्सालले निर्माण गरेका हुन् । २७ घण्टामा एक ब्यक्तिको जीवनभित्र घटेको घटनालाई फिल्मले रमाईलो ढंगबाट प्रस्तुत गरेको छ । चलचित्रमा रिजन कोइरालाको संगित, वँशी अट्लुरीको सम्पादन, सचिन सतमको भिएफएक्स , सिध्धु पुजारीको कोरियोग्राफी, मुर्गान र पबनको छायँकन रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ