arrow

दक्षिणी पाकिस्तानमा बस दुर्घटना १२ को मृत्यु

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
इस्लामाबाद । पाकिस्तानको दक्षिण भागमा पर्ने जाम्सोरो जिल्लामा मङ्गलबार बिहान एक यात्रुवाहक बस र गाडा एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको समाचार छ । 
 
यस दुर्घटनामा परी अन्य ३० घाइते भएका स्थानीय सञ्चार माध्यम उर्दुले जानकारी दिएको छ । समा टेलिभिजन च्यानलका अनुसार ५० जना यात्रु बोकेको एक बसका चालकले नियन्त्रण गुमाउँदा विपरित दिशाबाट आएको एक गाडासँग ठोक्किँन गएको थियो । 
 
देशको दक्षिणी प्रान्त सिन्धको जाम्सोरो जिल्लाको पतारो क्षेत्रमा सो दुर्घटना भएको जनाइएको छ । यस घटनामा घाइते भएका महिला तथा बालबालिकालाई नजिकैको अस्पतालमा उपचारार्थ भर्ना गरिएको तीमध्ये सात जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । 
 
पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने कारणमर्मत नगरिएका सडक, सडक सुरक्षा नियमहरुको उल्लङ्घन, चालकको लाहपर्वाह भएको बताइन्छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ