arrow

भत्ताको माग राख्दै चिकित्सक आन्दोलनमा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
666040217.jpeg
बेलौरी (कञ्चनपुर) । महाकाली अञ्चल अस्पतालका चिकित्सक भत्ताको माग राख्दै आन्दोलनमा उत्रेका छन् । अञ्चल अस्पतालका चार चिकित्सकले अतिरिक्त भत्तालगायत विभिन्न तालिममा सहभागी हुनुपर्ने माग राख्दै आजदेखि अनिश्चितकालका लागि बहिरङ्ग सेवा ठप्प पारेका छन् । गत वैशाखदेखि अतिरिक्त भत्ता नपाएका कारण पटक पटक सम्बन्धित निकायमा माग राखे पनि मागप्रति बेवास्ता गरिएका कारण बाध्य भएर बहिरङ्ग सेवा बन्द गरिएको मेडिकल अधिकृत हरिप्रसाद शर्माले बताउनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ