arrow

प्रस्तावित थप दुई राजदूतको सुनुवाइ

logo
प्रकाशित २०७३ साउन १९ बुधबार
sunuwai-samiti-rajdut.JPG.jpeg
काठमाडौँ  । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतमध्ये आज थप दुई जनाको संसदीय सुनुवाइ गरेको छ । 
 
समितिले परराष्ट्र सेवामा रहनुभएका प्रस्तावित राजदूतमध्ये रमेशप्रसाद खनाल र झविन्द्रप्रसाद अर्यालको आज संसदीय सुनुवाइ गरेको हो । सरकारले खनाललाई जर्मनी र अर्याललाई इजिप्टका लागि राजदूतमा प्रस्ताव गरेको छ । 
 
उहाँहरु दुबै जना परराष्ट्र मन्त्रालयका सहसचिव हुनुहुन्छ । समितिले हिजो पाँच जनाले गरेको थियो । परराष्ट्र सेवामा रहेकामध्ये बेल्जियमका लागि राजदूतमा प्रस्तावित लोकबहादुर थापाको भने भोलि बिहानको बैठकमा संसदीय सुनुवाइ गर्ने समितिले कार्यसूची तय गरेको छ । 
 
संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत खनाल र अर्यालले आ–आफ्नो कार्ययोजना र सोच प्रस्तुत गर्दै जर्मनी र इजिप्टको नेपालसँगको सम्बन्धलाई आफ्नो कार्यकालमा नयाँ उचाइ प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो । 
 
जर्मनी नेपालको ठूलो विकास साझेदारमूलुक हो । जर्मनी र नेपालको संयुक्त लगानीमा यहाँ करिब १४ उद्योग सञ्चालनमा छन् । नेपालबाट जर्मनीमा खास गरी पश्मिना र जडीबुटी निर्यात हँुदै आएको छ । पछिल्लो समय जर्मनीबाट बर्सेनि १० हजारको हाराहारीमा पर्यटन नेपाल आउने गरेकोमा आफनो कार्याकालमा त्यसलाई बढाएर ५० वर्ष पु¥याउने प्रस्तावित राजदूतले अठोट व्यक्त गर्नुभयो । 
 
सरकारले परराष्ट्र सेवाभन्दा बाहिरबाट थप १४ जनालाई राजदूतका लागि प्रस्ताव गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ