रियो । चार वर्षपछि जापानमा हुने टोकियो ओलम्पिकमा ३३ खेल समावेश हुने भएका छन् । ब्राजिलमा रियो ओलम्पिकको उद्घाटन अगाडि नै बसेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीको कार्यसमिति बैठकले चार वर्षपछि टोकियोमा हुने ओलम्पिकका लागि यसअघिका खेलसंगै नयाँ पाँच खेल थप्ने निर्णय गरेको हो ।
थपिएका पाँच खेलमा कराँते, सर्फिङ्, स्पोर्ट्स क्लाइम्बिङ, स्केटबोर्डिङ, र सफट्बल वा बेसबलमध्ये एक हुने छन् ।
यी खेललाई ओलम्पिकमा प्रवेश दिन यसअघि नै सहमति भएको थियो । आइओसीले बुधबारमात्र यसलाई औपचारिक बनाएको हो ।
रियो ओलम्पिकमा भने २८ खेल समावेश छन् ।
ओलम्पिकमा कराँते थपिएसंगै नेपाललेसमेत वाइल्डकार्डमार्फत अवसर पाउन सक्ने सम्भावना बढेको छ ।