arrow

के कारणले हुँदैन नेपालमा उच्चस्तरीय भ्रमण ? अहिलेसम्मको बेलिबिस्तार

logo
प्रकाशित २०७३ साउन २१ शुक्रबार
visit-nepal.jpg.jpeg
काठमाडौं । नेपाल–बेलायत सम्बन्धको दुई सय वर्ष पूरा भएको छ । रुस र जापानसँग नेपालको सम्बन्ध स्थापित भएको ६० वर्ष पुग्दै छ । तर, यी मुलुकबाट नेपालमा र नेपालबाट ती देशमा अहिलेसम्म उच्चस्तरीय भ्रमण  सकेको छैन ।
 
 सरकारले तीनवटै मुलुकका सरकारप्रमुख तथा राष्ट्रप्रमुखलाई भ्रमणका लागि ‘स्ट्यान्डिङ’ निमन्त्रणा पठाइसकेको छ, तर उनीहरू आउने अझै यकिन छैन । नेपालमा लामो समयदेखि अमेरिकाबाट उच्चस्तरीय भ्रमण भएको छैन । चर्चामा चीन र भारतको राष्ट्रपतिको नेपाल भ्रमण भारत र चीनका राष्ट्रपतिको नेपाल भ्रमणको चर्चा सुरु भएको छ । तर, ‘हाई प्रोफाइल’ दुवै भ्रमण निश्चित छैन । 
 
भारतका राष्ट्रपति प्रणव मुखर्जी र चीनका राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणबारे आ–आफ्नै ढंगले चर्चा गर्न थालिएको छ । सरकारले निमन्त्रणा गरे भारतीय राष्ट्रपति तत्कालै आउन पनि तयार रहेको सन्देश सरकारले पाएको छ । 
 
चीनका राष्ट्रपति आगामी अक्टोबरमा आउने चर्चा भए पनि यकिन छैन । राष्ट्रपति विद्या भण्डारी पनि भारत भ्रमणमा जाने सोचमा छिन् । यसअघि गत वैशाखमा तय भएको राष्ट्रपति भण्डारीको भारत भ्रमण अन्तिम समयमा आएर रद्द भएको थियो । 
 
नेपाल–बेलायत २०० वर्ष नेपाल र बेलायतबीच यही वर्ष दौत्य सम्बन्धको दुई सय वर्ष पुगेको छ । दौत्य सम्बन्धको दुई सय वर्ष मनाउने कसरत भइरहँदा दुवैतिरबाट उच्चस्तरीय भ्रमण  सकेको छैन । 
 
बेलायतको राजपरिवारका सदस्य राजकुमार ह्यारीले यसै वर्ष नेपाल भ्रमण गरे । राजपरिवारका सदस्यले गरेको यो १८ वर्षपछिको पहिलो भ्रमण हो । दुवैतिर राष्ट्रप्रमुख वा सरकारप्रमुखको औपचारिक भ्रमण नै अनिश्चित छ ।
 
डेढ दशकदेखि बेलायतका राष्ट्रप्रमुख आएका छैनन् ह्यारीका हजुरबा बेलायतका राजकुमार फिलिप २९ कात्तिक ०५७ मा विश्व वन्यजन्तु कोषको कार्यक्रममा सहभागी हुन चारदिने निजी भ्रमणमा आएका थिए ।
 
 ह्यारीका बाबु राजकुमार चाल्र्स २४ माघ ०५४ मा औपचारिक भ्रमणमा आएका थिए । उनी २७ फागुनमा स्वदेश फर्किएका थिए । बेलायतकी राजकुमारी डायनाले १९–२३ फागुन ०४९ मा नेपाल भ्रमण गरेकी थिइन् । 
 
त्यसअघि बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले ०४३ मा नेपाल भ्रमण गरेकी थिइन् । उनी ०१८ मा पनि नेपाल आएकी थिइन् । ०४३ पछि बेलायतको राष्ट्रप्रमुखबाट नेपाल भ्रमण भएको छैन । बेलायतबाट सांसद र स्थल सेनाध्यक्षको भ्रमण बाक्लै भए पनि राजनीतिक भ्रमण हुन सकेको छैन । 
 
बेलायतका प्रधानमन्त्री अहिलेसम्म आएकै छैनन् दौत्य सम्बन्धको दुई सय वर्षमा बेलायतका प्रधानमन्त्रीले नेपालको औपचारिक भ्रमण गरेका छैनन् । नेपालले हरेक प्रधानमन्त्रीलाई भ्रमणको निम्ता दिएको छ, तर बेलायतका प्रधानमन्त्रीको प्राथमिकतामा नेपाल परेको छैन ।
 
 उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा गत पुसमा बेलायत जाँदा बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनलाई प्रधानमन्त्री केपी ओलीका तर्फबाट भ्रमणको निम्ता दिएका थिए । 
 
नेपालका राजा को–को गए 
 नेपालका तर्पmबाट पूर्वराजा ज्ञानेन्द्र र रानी कोमलले १०–२१ भदौ ०६० मा बेलायतको निजी भ्रमण गरेका थिए । गणतन्त्र आइसकेपछि राष्ट्रप्रमुखको स्तरबाट भ्रमण भएको छैन ।
 
 राजा वीरेन्द्र सन् १९८० मा राजकीय भ्रमणमा गएका थिए । उनी सन् १९९५ मा दोस्रो विश्वयुद्ध अन्त्यको पचासौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी  बेलायत गएका थिए । 
 
उनीअघि राजा महेन्द्रले १९६० मा राजकीय भ्रमण गरेका थिए भने सन् १९०८ मा प्रधानमन्त्री चन्द्रशमशेर र उनीअघि जंगबहादुरले राजकीय भ्रमण गरेका थिए ।
 
 यी हुन् बेलायत भ्रमण गर्ने प्रधानमन्त्री 
 
पछिल्लोपटक सन् १९९९ मा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले बेलायतको औपचारिक भ्रमण गरेका थिए । त्यसअघि सन् १९९५ मा प्रधानमन्त्री मनमोहन अधिकारी, सन् १९९६ र २००२ मा दुईपटक तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत भ्रमण गरेका थिए । 
 
२००२ मा उनको भ्रमण औपचारिक थियो । तत्कालीन सभामुख दमननाथ ढुंगाना सन् १९९३ मा र तारानाथ रानाभाट १९९९ मा औपचारिक भ्रमणमा गएका थिए । तत्कालीन उपप्रधानमन्त्री माधव नेपालले सन् १९९५ मा बेलायत भ्रमण गरे । नेपालले विपक्षी नेताको हैसियतमा २००२ मा पनि बेलायत भ्रमण गरेका थिए । 
 
आउलान् त जापानी उच्चअधिकारी 
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको आउँदो सेप्टेम्बर १ मा ६० वर्ष पुग्दै छ । तर, यसबीचमा दुवैतिर भ्रमणहरू  सकेको छैन ।
 
 सरकारले जापानी प्रधानमन्त्री, विदेशमन्त्रीलाई निमन्त्रणा गरेको छ, तर उताबाट उच्चस्तरीय भ्रमण े टुंगो छैन । विगतमा राजा महेन्द्र १९६० मा जापान भ्रमणमा गएका थिए । त्यसपछि राजा वीरेन्द्रले सन् १९७८ मा राजकीय भ्रमणमा जापान भ्रमण गरे । 
 
वीरेन्द्रले सन् १९६७ मा त्यहीँ अध्ययन गरे भने सन् १९८५ मा उनले दोस्रोपटक जापान भ्रमण गरे । तत्कालीन युवराज दीपेन्द्रले सन् २००१ मा र पारसले २००५ मा जापान भ्रमण गरे । कोइराला र देउवाको औपचारिक जापान भ्रमण प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवाले पनि जापानको औपचारिक भ्रमण गरे ।
 
 मन्त्रीस्तरमा जापानको भ्रमण भए पनि त्योभन्दा उच्च तहमा भ्रमण भएको छैन । दुवै देशका राजपरिवारको भ्रमण जापानबाट तत्कालीन युवराज अकिहितो र युवराज्ञी मिचिकोले १९६० मा नेपालको राजकीय भ्रमण गरेका थिए । राजा वीरेन्द्रको शुभराज्याभिषेकका वेला पनि जापानको राजपरिवार सहभागी थियो । युवराज अकिसिनो र युवराज्ञी किको सन् १९९७ मा नेपाल आए । 
 
पूर्वप्रधानमन्त्री सन् २००० मा नेपाल भ्रमणमा आएका थिए । पूर्वप्रधानमन्त्री रिउतारो हासिमोतोले धेरैपटक नेपाल भ्रमण गरेका थिए । पूर्वपरराष्ट्रमन्त्री कोइचिरो गेम्बा तथा सांसदहरूले भ्रमण गर्दै आएका छन् । एक वर्षअघि विदेशराज्यमन्त्री मोनोरु किउची दाता सम्मेलनमा भाग लिन नेपाल आएका थिए । 
 
रुसी विदेशमन्त्री सेर्जेई लाभरोभ आउलान् त 
 ५ साउनमा सरकारले रुसका विदेशमन्त्री सेर्जेई लाभरोभलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले नेपाल–रुस कूटनीतिक सम्बन्धको ६०औँ वर्षगाँठ मनाउन नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।  । थापा र सेर्जेईबीच इमेलमार्फत सन्देश आदान–प्रदान भएको छ ।
 
तर, के सेर्जेई आउलान् रु काठमाडौं विश्वस्त छैन । २० जुलाई १९५६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । ‘मैले यही वर्षभित्र नेपाल भ्रमणका लागि रुसका विदेशमन्त्रीसँग आग्रह गरेको छु, उहाँको भ्रमणले दुई देशबीचको असल सम्बन्ध थप मजबुत हुने विश्वास छ,’ ५ साउनमा परराष्ट्रमनत्री थापाले भनेका थिए । 
 
नेपालबाट रुसको उच्चस्तरको भ्रमण सन् १९६८ मा राजा महेन्द्रले तत्कालीन सोभियत संघ ९रुस० को राजकीय भ्रमण गरेका थिए । १९७५ मा राजकुमारी शान्ति सिंह अनौपचारिक भ्रमणमा गइन् भने सोही वर्ष परराष्ट्रमत्री कृष्णराज अर्याल रुस गएका थिए ।
 
 सन् १९७६ मा राष्ट्रिय पञ्चायतका तत्कालीन उपाध्यक्ष लोकेन्द्रबहादुर चन्द २०औँ वर्षगाँठ मनाउन मस्को गए । सोही वर्ष राजा वीरेन्द्रको राजकीय भ्रमण भएको थियो । सन् १९७८ मा राष्ट्रिय पञ्चायतका तत्कालीन अध्यक्ष रामहरि शर्मा, सन् १९८५ मा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहले अनौपचारिक भ्रमण गरेका थिए । 
 
चार दशकसम्म भएन रुसको उच्चस्तरीय भ्रमण सन् १९७६ यता रुसबाट उच्चस्तरीय भ्रमण भएको छैन । रुसबाट १९६० मा सोभियत संघका तत्कालीन राष्ट्रपति भोरोसिलोभको राजकीय भ्रमण भयो ।
 
 १९७७ मा उपविदेशमन्त्री एनपी फिर्युविनको औपचारिक भ्रमण भयो भने १९८१ सोभियत संघको सुप्रिम सोभियतका पहिलो उपाध्यक्ष भिभी कुजनेस्तोभले नेपालको औपचारिक भ्रमण गरे । सन् १९८५ मा उपप्रधानमन्त्री नेली पाभ्लोभ्ना किरियाचले भ्रमण नेपालको गरे भने १९९६ मा सम्बन्धको ३०औँ वर्षगाँठ मनाउन उपमन्त्री युरी दिमित्रेभिच सेभेरिनको भ्रमण भयो । 
 
१९८७ मा सोभियत विदेश मन्त्रालयका महासचिव युरी फोकिनले नेपाल भ्रमण गरे । सोही वर्ष उपविदेशमन्त्री तथा दक्षिण एसिया मामिला इन्चार्ज इगोर अलेक्सिभिच नेपाल आए । सन् १९९२ मा रुसका उपविदेशमन्त्री जिओरगेइ एफ कुनाजेको औपचारिक भ्रमण भयो ।
 
 त्यसपछि १९९७ मा विदेश मन्त्रालयको थर्ड एसियन विभागका निर्देशक रसित हमिदुलिन, सन् २००३ मा थर्ड एसियन विभागका निर्देशक ग्लेभ ए इभासेन्त्सोभको भ्रमण भयो । सम्झनामा त्यो बिरासत विश्वमा लामो इतिहास र स्वतन्त्र पहिचान भएका १५ मुलुकमा पर्ने नेपालसँग दक्षिण एसियाकै अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनको सबैभन्दा लामो अनुभव छ । 
 
दक्षिण एसियामा ब्रिटिस उपनिवेश छँदा स्वतन्त्र सार्वभौम राष्ट्रका रूपमा सन् १९३४ मा नेपालले बेलायतमा दूतावास खोलेको थियो । त्यसपछि नेपालले अमेरिकासँग सन् १९४७ अप्रिलमा दौत्य सम्बन्ध स्थापना ग(यो । छिमेकी मुलुक भारत नेपालको दौत्य सम्बन्ध भएको तेस्रो मुलुक हो ।
 
 र, चीन दौत्य सम्बन्ध रहेको चौथो मुलुक हो । २०१४ सालसम्म बेलायतमा भएका राजदूतले अमेरिका हेर्ने जिम्मेवारी पाएका थिए भने दिल्लीस्थित नेपाली राजदूत चीन र जापानका लागि पनि राजदूत थिए ।
 
 त्यसवेला नेपालको आर्थिक र राजनीतिक काम बेलायत र भारतमा भएका कारण नेपालका सबैभन्दा ठूला दूतावास लन्डन र दिल्लीमा थिए । बेलायत र भारतले अघिपछि खोले दूतावास नेपालमा सबैभन्दा पहिला बेलायत र त्यसपछि छिमेकी भारतले दूतावास स्थापना गरे । 
 
अमेरिका र चीनका भारतस्थित राजदूतले नेपाल हेर्दै आएका थिए । राजनीतिक र आर्थिक कारोबारहरू थपिँदै गएपछि अमेरिका, संयुक्त राष्ट्रसंघ, चीन र जापानका लागि बेग्लाबेग्लै दूतावास र नियोग खोलियो भने अलगअलग राजदूत नियुक्त भए । सन् ५० को दशकमा अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका मुलुकहरू सहभागी वाङडुङ सम्मेलनले परराष्ट्र नीतिमा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त स्थापित ग¥यो । 
 
उक्त सम्मेलनमा भाग लिने दक्षिण एसियाका दुई मुलुकमा नेपाल एक थियो । सम्मेलनमा भारत पनि सहभागी थियो । सन् १९६१ मा तत्कालीन युगोस्लाभियाको बेलग्रेडमा भएको असंलग्न राष्ट्रहरूको पहिलो शिखर सम्मेलनमा भाग लिने दक्षिण एसियाका तीनवटा मुलुकमा नेपाल थियो ।
 
सम्मेलनमा नेपालबाहेक भारत र श्रीलंका सहभागी थिए । बेलग्रेड सम्मेलनताका नेपालप्रति विश्वको राजनीतिक आकर्षण धेरै बढेको थियो, जसका कारण विश्वका शक्तिशाली देशका शीर्ष नेताहरूको नियमित भ्रमण थियो । 
 
जर्मनीका चान्सलर, अमेरिकाका उपराष्ट्रपति, बेलायती महारानीको नेपाल भ्रमण भएको थियो भने नेपाल राष्ट्रसंघको सुरक्षा परिषद्मा दुईपटक सदस्य चुनिएको थियो । 
 
अमेरिकी विदेशमन्त्री जोन केरीको भ्रमण अझै अनिश्चित ५ माघ ०५८ मा अमेरिकी विदेशमन्त्री कोलिन पावेलले नेपाल भ्रमण गरेयता उनी वा माथिल्लोस्तरका कोही पनि अमेरिकी अहिलेसम्म नेपाल आएका छैनन् । उपप्रधानमन्त्री थापासँग अमेरिकामा केही महिनाअघि भएको भेटवार्तामा विदेशमन्त्री जोन केरीले यही अंग्रेजी वर्षको अन्तिम ९आगामी पुस० सम्म नेपाल भ्रमण गर्न सक्ने बताएका थिए । 
 
ओबामा सरकारको म्याद डिसेम्बरपछि सकिँदै छ र चुनावबाट नयाँ सरकार चुनिनेछ । तर, भ्रमण यकिन छैन । अमेरिकाबाट को–को आए नेपाल रु शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा ५ माघ ०५८ मा विदेशमन्त्री पावेल नेपाल भ्रमणमा आएका थिए ।
 
भारत र पाकिस्तानको भ्रमण सकेर उनी नेपाल आएका थिए । पावेलले माओवादीविरुद्ध सरकारको कारबाहीमा ऐक्यबद्धता जनाउँदै थप सहयोगको आश्वासन दिएका थिए । उनीपछि ‘हाई प्रोफाइल’ भ्रमण भएको छैन ।
 
 सन् १९४७ मा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । बेलायतपछि नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको दोस्रो मुलुक अमेरिका हो । अमेरिकी उपराष्ट्रपति स्पाइरो एग्नेउ सन् १९७० मा नेपाल भ्रमणमा आएका थिए जतिबेला अमेरिकी गुप्तचर एजेन्सी सिआइएको सहयोगमा तिब्बती खम्पाहरू नेपालको उत्तरी सिमानामा संगठित हुँदै थिए । नेपालका कुन–कुन राजा पुगे अमेरिका रु राजा महेन्द्र दुईपटक र राजा वीरेन्द्र एकपटक राजकीय भ्रमणमा गएका थिए ।
 
 त्यसपछि राष्ट्रप्रमुखस्तरमा भ्रमण भएको छैन । सन् २००० मा अमेरिकी विदेशमन्त्री कोलिन पावेलपछि त्यो स्तरका अमेरिकीहरू नेपाल आएका छैनन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका गएर ह्वाइटहाउसमा राष्ट्रपति बुसलाई भेटेका थिए । उनीअघि बिपी कोइराला र डा। तुल्सी गिरीले मात्रै यो अवसर पाएका थिए । केरीको भ्रमणमा परराष्ट्रका अधिकारी नै आश्वस्त छैनन् १४ वर्षको ग्याप पूरा गर्दै अमेरिकी विदेशमन्त्री केरीले नेपाल भ्रमण गर्नेबारे नेपाली अधिकारी विश्वस्त छैनन् ।
 
 ‘अमेरिकी विदेशमन्त्रीलाई हाम्रो सधैँ स्ट्यान्डिङ निमन्त्रणा छ, राष्ट्रपतिलाई पनि छ, तर उनीहरूको प्राथमिकतामा नपरेका कारण भ्रमण  सकेको छैन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘अहिले पनि नेपालको अनुरोधमा उहाँले आउन सक्ने संकेत दिनुभएको छ, तर भ्रमणबारे अहिले नै आश्वस्त  सकिँदैन ।’
 
 वैशाख पहिलो साता अमेरिका भ्रमणका क्रममा यसपटक उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले समकक्षी अमेरिकी विदेशमन्त्री केरीसँग भेटवार्ता गरे । 
 
यसस्तरको भेट नै लामो समयपछि भएको थियो । ‘नेपाल आउँछु सबैले भन्दै आएका छन्, अहिले विदेशमन्त्रीले भन्नुभयो, यो नौलो कुरा होइन,’ एक पूर्वराजदूतले नयाँ पत्रिकासँग भने, ‘कुराकानीको सिलसिलामा व्यक्त भएको सामान्य शिष्टाचारलाई नै केरीको भ्रमण छ भन्ने अर्थमा बुझ्न मिल्दैन ।’ (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ