arrow

दुराले पाए एनसेलको बाइक

logo
प्रकाशित २०७३ साउन २१ शुक्रबार
Dinesh-Dura.jpg.jpeg

काठमाडौं ।  मोबाईल सेवा प्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत मित्रनगर, नयाँ बसपार्कमा (काडमाडौं) रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुरालाई मोटर साईकल उपहार दिएको छ । लमजुङ्ग कम्युनिकेशन एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहक सम्म पुर्याउने १०,००० आधिकारिक रिटेलरहरु मध्ये एक हो ।

 

एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको हो । रिटेलरहरुले  उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । यो योजना अन्तर्गत मोटर साईकल उपहार पाउन योग्य हुने दुरा पहिलो रिटेलर हुन् । उनलाई एनसेलको  बागमति सेल्स टिमले एक कार्यक्रम माझ सो उपहार प्रदान गरेको बताएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ