arrow

मानव बेचबिखनसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1646096614.jpeg
काठमाडौँ । मानव बेचबिखनविरूद्ध नीतिनियम र कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै प्रभावकारी कानुन बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन) द्वारा यहाँ आज आयोजित ‘सञ्चार र छापा माध्यममा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धमा प्रकाशित-प्रसारित सामग्री’ विषयक अन्तरक्रियामा वक्ताहरूले मानव बेचबिखनका लागि कानुनको प्रभावकारी कार्यान्वयनका साथै सचेतना अभियान नै सञ्चालन गर्नुपर्ने बताउनुभयो । 
 
वक्ताहरूले मावन बेचबिखनको स्वरूप बदलिएको अवस्थामा सरकार, अधिकारवाला र सरोकारवाला सङ्घ–संस्थाले एकीकृत रूपमा त्यसबारे अध्ययन अनुसन्धान गर्नुपर्नेसमेत माग गर्नुभएको छ । समाचारपत्र दैनिकका सम्पादक टङ्क पन्तले मानव बेचबिखनविरुद्धको अभियानमा सञ्चार तथा छापामाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ तर परिवर्तित सन्दर्भमा मिडिया र सम्बद्ध अभियानकर्मीबीच संयोजन हुन आवश्यक छ भन्नुभयो । 
 
अधिकारकर्मी लक्ष्मी कार्कीले गरिबीका कारण मानव बेचबिखन बढ्दै गएको भन्दै विशेष गरी ग्रामीण क्षेत्रमा सीपमूलक आयआर्जनसहित आर्थिक सशक्तीकरणको पाटोलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । (एटविन) का अध्यक्ष मीना विष्टले मानव बेचबिखन बढ्दै गएको अवस्थामा अहिलेसम्म पनि बेचबिखनको मुद्दाले प्राथमिकता पाउन सकेको छैन भन्नुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ