arrow

कविता संग्रह ‘जलेको मन’ विमोचन

logo
प्रकाशित २०७३ साउन २१ शुक्रबार
kabitaaas.jpg.jpeg
काठमाडौँ। अमेरिकामा रहँदै आएका पत्रकार एवं  कवि गुणराज लुइँटेलको कविता संग्रह ‘जलेको मन’ राजधानीमा विमोचन गरिएको छ।  
 
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाली शाखाले आयोजना गरेको कार्यक्रममा कवि गुणराज लुइँटेलले लेखेको ‘जलेको मन’ शीर्षक कवितासङ्ग्रहको विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्य समाजलाई चिनाउने विषय भएकाले साहित्यको प्रवद्र्धन गर्न साहित्यकारले विशेष भूमिका खेल्नुपर्ने बताए । 
 
प्रा डा खगेन्दप्रसाद लुइँटेल र समाजका अध्यक्ष राधेश्याम लेकालीले नेपाली समाजमा रहेका विकृति र विसङ्गति अध्ययन र अध्यापनमा भएको प्रगतिमा निर्भर रहने बताए । 
 
कवि लुइँटेलले आफूले अमेरिकामा बसेर पनि नेपाली जनताको दुःख र वेदनालाई केन्द्रविन्दु बनाई कविता लेखेको बताए । कार्यक्रममा साहित्यकार जय छाङ्छा र समाजका महासचिव सन्ध्या पहाडीलाई सम्मान गरिएको थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ