arrow

राजदूत फिर्ता नगरेको भए हुने : माधवकुमार नेपाल

logo
प्रकाशित २०७३ साउन २२ शनिबार
Madhav_Kumar_Nepal2.JPG.jpeg
काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अघिल्लो सरकारले सिफारिस गरेका १४ जना राजदूतको नाम फिर्ता लिएर अहिलेको सरकारले गल्ती गरेको बताएका छन् । 
 
रौटहट–काठमाडौँ सम्पर्क मञ्चको प्रशिक्षण तथा सम्मान कार्यक्रममा बोल्दै उनले संसदीय सुनुवाइ विशेष समितिमा सुनुवाइका क्रममा रहेका १४ जना राजदूतको नाम फिर्ता लिएर सरकारले दलहरुबीचको दूरी झनै बढाएको बताए । 
 
सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले सिफारिस गरेका एमाले र नेकपा (माओेवादी केन्द्र)का कोटामा परेका १४ राजदूतको नाम सरकारबाट फिर्ता लिने निर्णय गरेको थियो । 
 
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले सरकारले गरेका राम्रो कामको साथ दिने भन्दै उनले अघिल्लो सरकारले गरेको सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने बताए । वरिष्ठ नेता नेपालले संविधान कार्यान्वयनमा चुनौती थपिएको बताउँदै सबै दल मिलेर संविधान कार्यान्वयन गर्नुको विकल्प नभएको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ