arrow

जनकपुरको बन्सीचोकबाट हतियारसहित ६ जना पक्राउ

logo
प्रकाशित २०७३ साउन २२ शनिबार
Dhanusa-hamrakura.jpg.jpeg
जनकपुर । जनकपुरको बन्सीचोकबाट हतियारसहित ६ जना पक्राउ परेका छन् । चोरी डकैतीका सरसामानसहित ६ जना पक्राउ परेका र २ जना अझै फरार रहेका जनकपुर प्रहरीले जनाएको छ । 
 
राति प्रहरीले गस्ती गर्ने क्रममा २ जनासंग शंकास्पद सामान भेटिएपछि सोध खोज गर्दै जाँदा ती दुई जनाले साथीहरुलाई समेत भेटाएको र उनीहरुको कोटामा हतियारसहितका सामान भेटिएको जनकपुरका बरिष्ठ प्रहरी उपरीक्षक एसपी रामदत्त जोशीले बताए । 
 
एसपी जोशीका अनुसार अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरुबारे सबै विवरण आइसकेको छैन । शनिबार विहान पख प्रहरी शंकास्पद सामान बोकेर हिंडिरहेका दुई जनालाई लिएर उनीहरुको कोठा सम्म जाँदा तारहरु काट्ने, ताला फोड्ने र विद्युत जाँच गर्ने सामानसहित हतियार भेटिएको बताइएको छ । 
 
बाँकी दुई जनाको खोजी रहेकाले आइतबार मात्रै उनीहरुलाई सार्वजनिक गर्ने एसपी जोशीले बताए । पक्राउ परेकाहरु भारतीय भने होइनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ