arrow

प्रधान सेनापतिले रिबन काटे

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
senapati-riban.jpg.jpeg
डोल्पा । नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट(डोल्पा (दुनै) सडक अन्तर्गत ‘डोल्पा प्रवेश’को प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्रीले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । 
 
नेपाली सेनाले सो सडक खण्डको कुल लम्बाई ११७.७७ किलोमिटर ट्रयाक खोल्ने जिम्मेवारी पाए अनुसार हाल सम्म १०४ किलोमिटर ट्रयाक खोल्ने कार्य सम्पन्न गरीसकेको छ । सोही सडक खण्ड अन्तर्गत जाजरकोट(डोल्पा (दुनै) सडकको डोल्पा जिल्ला प्रवेशको काम सम्पन्न भइसकेकाले प्रधान सेनापति क्षत्रीले उद्घाटन गरेका हुन् । 
 
यसअघि प्रधान सेनापति क्षत्रीले रुकुम जिल्लाको मन्काबगरदेखि डोल्पा जिल्लाको त्रिवेणीसम्म ७७ किलोमिटर सडक खण्डको स्थलगत निरीक्षण गर्नु भई यातायात शुभारम्भ गरेका थिए । सोही अवसरमा क्षत्रीलाई स्थानीयहरुले स्वागत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ