arrow

लिभरपुलको रोमाञ्चक जित, चेल्सी र आर्सनललाई धक्का

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1148001959.jpeg
 एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । आइतबार राति घरेलु मैदानमै भएको खेलमा लिभरपुलले स्वान्सी सिटीलाई १–० गोल ह अन्तरले हरायो । 
 
जेम्स मिल्नरले ६२औं मिनेटमा पाएको पेनाल्टी निर्णायक गोलमा परिणत भयो । लिगका अन्य खेलमा बलिया प्रतिस्प्रधी बराबरीमा रोकिए । तीन दशककै खराब प्रदर्शन गरेको चेल्सी अझै संकट मुक्त हुन सकेको छैन । चेल्सीले टोटनह्याम हट्सपरको मैदानमा गोल गर्न सकेन । खेल गोल रहित बराबरीमा टुंगियो । यस्तै, आर्सनले अर्विच सिटीसंग १–१ को बराबरी खेलेको छ । 
 
वेष्टह्याम युनाइटेड र वेष्टब्रोमविच आल्वियन समेत १–१ को बराबरीमा रोकिए । आइतबार राति चार खेल भएकामा तीन खेल बराबरीमा सकिए । यी खेलले लिगको अंक तालिकामा खासै फेरबदल भएन । १४औं चरणका खेल सकिंदा समान २९–२९ अंक रहेका म्यान्चेस्टर सिटी र लेस्टर सिटी पहिलो र दोस्रो स्थानमा छन् । २८ अंकको म्यान्चेस्टर युनाइटेड तेस्रो तथा २७ अंकको आर्सनल चौथो स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ