arrow

न्यायाधीश सपना मल्ल प्रधान राष्ट्रसंघकी पनि जागिरे

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
sapana.jpg.png
काठमाडौं । हालै सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्त भएकी सपना मल्ल प्रधान राष्ट्रसंघीय निकायमा अझै पनि कार्यरत छिन्। 
 
एक साताअघि मात्रै सर्वोच्च अदालतको न्यायधीश भएकी प्रधान जेनेभास्थित यातनाविरुद्धको राष्ट्रसंघीय समिति क्याटमा स्वतन्त्र विज्ञ सदस्यका रुपमा कार्यरत छिन्। 
 
नेपाल सरकारले अधिकारकर्मी तथा बरिष्ठ अधिवक्ता रहेकी प्रधानलाई उक्त पदका लागि सन् २०१४ मा मनोनयन गरेको थियो। प्रधानले उक्त पदबाट हालसम्म राजीनामा नदिएको एक सरकारी अधिकारीले बताए। 
 
उनको पदावधि सन् २०१७ अक्टुबरसम्म छ। न्यायाधीश नियुक्त भइसकेपछि राष्ट्रसंघीय पदमा रहिरहनु उपयुक्त नहुने सरकारी अधिकारीको भनाई छ।
 
 ‘प्रधानले राष्ट्रसंघीय समितिबाट राजीनामा दिनु भएको छैन। उहाँले व्यक्तिगत रुपमा राजीनामा दिएको भए पनि जानकारी गराउनु भएको छैन। ,’जेनेभास्थित नेपाली स्थायी नियोगका एक अधिकारीले टेलिफोनमा भने।
 
न्यायाधीश व्यक्तिलाई कुनै पनि लाभको पदमा देशभित्र वा बाहिर समानान्तर पदीय हैसियतमा रहन निषेध गरिएको भए पनि प्रधान भने अझै राष्ट्रसंघीय पदमा रहनु विरोधाभासपूर्ण रहेको एक कुटनीतिज्ञले बताए। (अन्नपूर्ण पोस्ट् दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ