arrow

ग्यारेथ बेल र रोनाल्डोकै जीत, रियाल मड्रिड लयमा फर्कदै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1063020393.jpeg
एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा रियाल मड्रिड, एथ्लेटिक बिल्बाओ र सेभिया विजयी भएका छन् । रियालले इबारलाई उसकै मैदानमा २–० ले हरायो । ४३औं मिनेटमा ग्यारेथ बेलको गोलबाट अग्रता लिएको रियालका स्टार क्रिश्चियानो रोनाल्डोले ८२औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै २–० को जित दिलाए । यस्तै एथ्लेटिक बिल्बाओले रायो भायकानोलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
 
गेटाफे भने आफ्नै मैदानमा २–० को जित निकाल्न सफल भयो । गेटाफेले भिल्लारियललाई स्तब्ध पारेको हो । उता, सेभिया समेत घरेलु मैदानमा विजयी भयो । उसले भ्यालेन्सियालाई १–० ले हरायो । लिगमा १३औ चरणका खेल सकिँदा बार्सिलोना ३३ अंकका साथ शीर्षस्थामा छ । २९ अंकको एथ्लेटिको मड्रिड दोस्रो तथा २८ अंकको रियाल मड्रिड तेस्रो स्थानमा छ ।    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ