एजेन्सी । ब्रिटेनले ७९ वर्षपछि पहिलो पटक डेविस कप टुर्नामेन्ट टेनिसको उपाधि जितेको छ । दोस्रो बरियताको ब्रिटिश खेलाडी एण्डी मरेले १६ औं बरियताका डेभिड गोफिनलाई बेस्ट अफ फाइव टाइमा ३–१ ले हराउँदै रेकर्ड कायम गरेका हुन् ।
५ खेलको श्रृंखलामा २-१ को अग्रता लिएको अवस्थामा चौथो खेल जित्दै बेलायतका मरेले टोलीलाई ३-१ को अग्रता दिएपछि उपाधि पक्का भएको हो । बेल्जियमको गेन्टमा भएको खेलमा घरेलु खेलाडी गोफिन ६–३, ७–५ र ६–३ ले पराजित भए ब्रिटेनले प्रतिष्ठित डेभिस कप टेनिसको
उपाधि जितेको सन् १९३६ पछि यो पहिलो अवसर हो । योसंगै ब्रिटेनले १० पटक उपाधि जितेको छ । एण्डी मरेले विम्बल्डन। अमेरिकी ओपन र ओलम्पिक खेलमा जितेका उपाधिमा अब डेविस कप समेत थपिएको छ ।
कप्तान ल्योन स्मिथले पाँच वर्ष भित्र ब्रिटेनलाई उपाधि दिलाए । एण्डी मरे समेत टिमको वातावरणमा निकै रमाए । किन कि टिम कप्तान स्मिथ उनको पहिलेका प्रशिक्षक थिए । मरेले टिम एक व्यक्तिको मात्र नभएको बताएका छन् । उनले जितको खुसीयालीमा जेम्स वोर्ड र जेमी मरेले समेत अंक जुटाएर महत्वपूर्ण योगदान गरेको बताए ।