arrow

मुद्दा सम्बोधन नभएसम्म मोर्चा सरकारमा नजाने

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
Samsad-Bhawan.jpg.jpeg
काठमाडौँ। तराई मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको तीन बुँदे सहमतिअनुसार संविधान संशोधन नभएसम्म आफूहरु सरकारमा नजाने बताएका छन्  । 
 
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई व्यवस्थापिका–संसद्को बैठमा आज बधाई र शुभकामना दिँदै उनले तीनबुँदे सहमतिका आधारमा प्रधानमन्त्रीका पक्षमा मत हालेको जनाउँदै नयाँ सरकार बने पनि आफूहरुको लक्ष्य पूरा नभएको बताए । 
 
उनले सीमाङ्कनसम्बन्धी मुद्दा सम्बोधन नभएसम्म सरकारमा नजाने स्पष्ट गर्दै उनले देशमा अराजकता नहोस् भन्ने आफूहरुले चाहेको र मुलुकलाई सम्मानजनक निकास दिनुपर्ने बताए । 
 
सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले मधेसी, जनजाति र मुसलमानलाई अलग राखेर कसैले राष्ट्रवादको कुरा गरेमा एक राष्ट्रको मात्र राष्ट्रवाद हुने बताउँदै सबै असन्तुष्ट समुदायलाई सर्वस्वीकार्य बनाउन प्रधानमन्त्रीलाई सफलता मिलोस् भने । 
 
उनले मधेस आन्दोलनका मृतकलाई सहिद घोषणा, हिंसात्मक घटनाको छानबिनको प्रक्रिया आरम्भ भएकामा सरकारप्रति आभार व्यक्त गरे । कर्णले संविधान संशोधनको प्रस्तावमा एमालेले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे । 
 
मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का जनकराज चौधरीले राष्ट्रिय सहमतिको यात्राका लागि कसैलाई निधेष गर्न नहुने बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ