arrow

झुण्ड झुण्डमा निर्देशन दिँदै प्रधानमन्त्री,–सरकारको गोल पूरा गर्नुस्

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
dahal-Goalbanda.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मातहतका कर्मचारीहरुलाई एक मुष्ठ सरकारको गोल पूरा गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । 
 
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित सामूहिक छलफलमा प्रधानमन्त्री दाहालले भने, ‘आइतबार सचिवस्तरीय बैठकमा मैले सरकारको प्राथमिकता र योजनाबारे निर्देशित गरेको छु, त्यहीँअनुसार परिणाम निकाल्ने गरी काम गर्नुहोला ।’ 
 
प्रधानमन्त्रीले समय थोरै र काम धेरै भएकाले युद्धस्तरमा काम गर्न कर्मचारीहरुलाई निर्देशन गरे । प्रधानमन्त्री दाहालले भने, ‘संविधान संशोधन गर्नु छ, कार्यान्वयन गर्नु छ, पुनः निमाण र नवनिर्माणलाई प्रभावकारी बनाउनु छ, समृद्धि र सुशासन स्थापित गर्नुछ, २०७४ माघ ७ भित्र सबै तहका निर्वाचन सम्पन्न गर्नु छ । तसर्थ, परिणाममूखी काम गर्नुहोला ।’
 
बैठकमा नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदीले प्रधानमन्त्री कार्यालयको योजना, प्रगति र समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । आइतबार मात्रै दाहालले सबै मन्त्रालयका सचिवलाई रणनीतिक खाका पेश गर्न निर्देशन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ