arrow

एकता भाँडिने खतरा: पशुपतिजीहरुलाई कसैको प्रभाव पर्‍यो, ‘रिमोट’ले काम गरे जस्तो छ

सभागृहमा सिंगारपटार, विज्ञप्तिमा कार्यक्रम बहिस्कार

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
kamal-thapa-&-pasupati-rana-new.jpg.jpeg
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्रपार्टीबीचको पार्टी एकता घोषणा सभा फेरि अन्योलमा परेको छ । मंगलबार राष्ट्रिय सभा गृहमा हुने भनिएको घोषणा सभामा राप्रपा नेपालका कुनै नेता तथा कार्यकर्ता सहभागि नहुने बताइएको छ । राप्रपाले विज्ञप्ति जारी गरी कोही पनि सहभागि नहुने बताएको छ । 
 
बिहान ११ बजे सम्म सभागृह सिंगार्ने काममा उहाँहरुका कार्यकर्ता समेत खटिएको मैले नै हेरेर आएको छु । तयारी भइरहेको छ । मंगलबार जसरी पनि कार्यक्रम हुन्छ । खै हाम्रो तर्फबाट त सबै तयारी पुगेको छ । तयारी पुगेरै दुवै अध्यक्षले २५ गते घोषणा सभा गर्ने भनेर संयुक्त विज्ञप्ति निकाल्नु भा हो । राप्रपा नेपालका प्रशिक्षण विभाग प्रमुख एवं सांसद सुशील कुमार श्रेष्ठले हाम्राकुरासंग भने, ‘अघि सम्म सिंगार पटार गर्न लाउने अहिले आएर एक्कासी कार्यक्रममा सहभागि नहुने भनेर विज्ञप्ति निकाल्नु हास्यास्पद हो ।’ हामी पूर्ण तयार छौं । पशुपति जीहरुलाई कसैको प्रभाव भरेको जस्तो लागेको छ, श्रेष्ठले भने, ‘रिमोटले काम गरे जस्तो छ ।’ अच्चानक यस्तो हुनु त अस्वभाविक हो । सभागृहमा तयारी भइरहेको छ । कार्यक्रम हुन्छ, श्रेष्ठले भने, ‘किन होमवर्क नपुग्नु  । महिनौ लगाएर वार्ता टोलीले सैद्धान्तिक सहमति जुटाएको थियो । पछि अन्तरिम विधानको विषयमा समेत पर्याप्त छलफल भएको छ । उहाँहरुलाई केही नपुगे जस्तो त लाग्दैन ।’  
 
यद्यपि, राप्रपाले एकताको लागि अन्तरिम विधानका अन्तर्वस्तुहरुमा थप छलफल र सहमति आवश्यक रहेकाले दुई दलबीच थप छलफल र सहमति आवश्यक देखिएकाले हामी दुवै दललाई एकता प्रक्रिया सफल पार्न सन्तुलित विधानमा सहमति हुनु अपरिहार्य छ । यस दृष्टिकोणलाई आत्मसाथ गर्दै वार्तामा घनिभुत गराई एकताको अन्तिम निर्णयमा पुग्न राप्रपा नेपाललाई आश्वान गर्दछौं भन्दै विज्ञप्ति जारी गरेको छ । 
 
राप्रपा नेपालले भने आफुहरु १६ गते भित्रमै एकिकरण गर्नेमा पुगेका बेला राप्रपाकै कारण ढिलो भएको र राप्रपा विभिन्न बहानामा समय लम्ब्याउन खोजिरहेको बताएको छ । यस्तै, राप्रपा अध्यक्ष पहिले एकताका लागि तयार भएपनि भारतीय राजदूत रञ्जित रेसँगको भेटपछि उनी एकाएक फेरिएको र एकता घोषणासभा सार्न लागिपरेका स्रोतले जनाएको छ । 
 
आइतबार राति राणाको निवासमा भएको भेटमा भारतीय राजदूतले एकता नगर्न सुझाएको र सोही सुझावका आधारमा राणाले एकता प्रक्रिया सार्नका लागि थापालाई आग्रह गरेको स्रोतको जिकिर छ । यद्यपि, राप्रपा नेता एवं पूर्व मन्त्री सुनील थापाको नीजि स्रोतका अनुसार सरकारमा सहभागि हुने विषयले तयारी नै गर्न नपाएको र आन्तिरिक लफडाले अल्झाइरहेको छ । 
 
उता, वर्तमान सरकारमा अध्यक्ष पशुपति शमशेर राणाले एकलौटी मन्त्री पठाउने निर्णय गरेपछि लोकेन्द्र बहादुर चन्दले बैठक बहिस्कार गरेको र कार्यक्रम समेत बहिस्कार गर्ने घुर्की लगाएपछि राणा असमन्जसमा परेको बताइएको छ । यसले यी दुबैको एकता भाँडिने खतरा बढेको छ। 
राप्रपाको विज्ञप्ति
 
यसअघि दुबैले निकालेको विज्ञप्ती 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ