arrow

दुई करोड भ्रष्टाचार अभियोगमा आइओइका पहारीविरुद्ध मुद्दा

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रा डा भरतराज पहारीले रु दुई करोड ४० लाख एक हजार ५९९ बराबरको भ्रष्टाचार गरेको जनाउँदै विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । 
 
आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भनी परेको उजुरी छानबिन गर्दा प्रा डा पहारीले पेस गरेको सम्पत्तिको विवरण तथा अनुसन्धानका क्रममा दिएको बयान समेतबाट गैरकानुनी देखिएको छ । 
 
गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको र मनासिब कारणबिना आफ्नो हैसियतभन्दा बढी खर्च गरेको अनुसन्धानबाट खुलेको आयोगले उल्लेख गरेको छ । आयोगले प्रा डा पहारी र निजकी श्रीमती शोभाका नाममा रहेको चलअचल सम्पत्ति समेत जफत गर्न माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ