arrow

भारतको बिहारबाट अपहरणमा परेकी ६ वर्षीया स्पर्श १८ घण्टापछि अपहरण मुक्त

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ साउन २४ सोमबार
balika--release-new.jpg.jpeg
 विराटनगर । भारतको बिहार प्रदेश स्थित कटिहारबाट अपहरणमा परेकी एक बालिकाको नेपाल प्रहरीले मोरङको पथरीबाट अपहरण मुक्त गरेको छ ।
 
कटिहार स्थित एनबिआर स्कूलमा केजीमा पढ्दै गरेकी कटिहार कुर्सिलाका भानु अग्रवालकी छोरी ६ वर्षीया स्पर्श अग्रवाललाई नेपाल प्रहरीको केन्द्रिय र पूर्व क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले पथरीबाट सकुशल अपहरण मुक्त गराएको हो । 
 
पूर्व क्षेत्रीय प्रहरी कार्यालयमा सोमबार साँझ पत्रकार सम्मेलन गरी सो घटनाको जानकारी दिंदै प्रहरी नायव महानिरिक्षक केशरीराज घिमिरेले अपहरण गर्ने सुनसरी इनरुवा नगरपालीका –५ का ४४ वर्षीय दिनेश गुप्तालाई पक्राउ गरेको जानकारी दिए । 
 
स्कुलबाट घर फर्किंने क्रममा गएको बुधवार अपहरणमा परेकी बालिकालाई बिहारबाट नेपाल ल्याएको शंकापछि अनुसन्धान ब्युरोको टोली परिचालन गरि पथरी शनिश्चरे नगरपालीकाको पथरी बजार स्थित रिता साहको घरबाट सकुशल मुक्त गरेको प्रहरी नायव महानिरिक्षक घिमिरेले बताए । 
पक्राउ परेका गुप्ताको साथबाट एक थान ल्यापटप र चार वटा मोवाइलको सिमकार्ड बरामद भएको जनाइएको छ ।
 
मावली घर सुनसरीको इटहरी रहेकी बालिबालाई अपहरणकारीले गाडीमा राखेर सुनसरीको कप्तानगंञ्जको बाटो गरेर नेपाल भित्र्याएको र उक्त जानकारी नेपाल प्रहरीले पाएको १८ घण्टापछि  प्रहरी टोलीले उनलाई मुक्त गर्न सफल भएको नायव महानिरिक्षक घिमिरेले बताए । 
  
प्रहरीको प्रारम्भिक अनुसन्धानले रुपैंयाका लागि बालिकालाई अपहरण गरेको र चार जनाको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ