arrow

नेविसंघमा अछामबाट कुँवर र चलाउने

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
rajan-kunwar-achham.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको जारी महाधिवेशनमा प्रदेश नं ७ वाट राजन कुँवरले उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन्। अछाम जिल्लाका पूर्व अध्यक्ष समेत रहेका कुँवर लामो समयदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका व्यक्ति हुन्। त्यस्तै अछाम जिल्लाबाट नै सहमहामन्त्री पदको लागि अम्बिका चलाउनेले पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन् । 
 
राजनीतिभन्दा बाहेक पनि खेलकूद र अन्य बौद्धिक क्षेत्रमा समेत आबद्धता जनाउँदै आएका कुँवरले यो पटक प्रदेश नं ७ बाट उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् भने चलाउनेले ७ प्रदेशबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेकी हुन्। 
 
नेपाली काँग्रेस पार्टीको महासमिति सदस्य समेत रहेका कुँवर र चलाउने प्रदेश ७ कै सम्भावना भएका यूवा विद्यार्थी नेतामा गनिन्छन्। कुँवर नेविसंघलाई जनताको विद्यार्थी संघठनको रूपमा चित्रित गर्नको लागि पनि नेविसंघले दैनिक जीवनयापनका काममा ध्यान केन्द्रीय गर्नुपर्ने बताउँदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ