arrow

त्रिविविको मूख्य शिक्षाघरको विजोग : बाहिर गाई, कक्षाभित्र कुकुरको पढाइ

logo
प्रकाशित २०७३ साउन २५ मंगलबार
tu.jpg.jpeg
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रमा बगैंचे, कुचीकार, चौकीदारलगायत कर्मचारी नै साढे २ सय कार्यरत छन् । विश्वविद्यालयको बाहिरी वातावरण व्यवस्थित र सफासुग्घर बनाउने जिम्मेवारी रहेका उनीहरुको तलब र सेवासुविधामा बर्सेनि साढे ७ करोड रुपैयाँ खर्च हुन्छ ।
 
कर्मचारी र खर्चको अनुपातमा त्रिवि क्षेत्र जति व्यवस्थित र सफा हुनु पर्ने हो, त्यो भने छैन । यही गैरजिम्मेवारीकै कारण मुलुककै जेठो विश्वविद्यालय परिसर छाडा पशुको चरनस्थलमा परिणत हुँदैछ । भुस्याहा कुकुरको बिगबिगी उत्तिकै छ ।
 
विश्वविद्यालय कर्मचारी महाशाखाका उपप्रशासक विष्णु अर्यालका अनुसार प्रिन्सिपल कार्यालयमा मात्र बगैंचे, चौकीदार र कुचीकार गरी ३९ कार्यालय सहयोगी छन् । कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगर्नुका साथै सम्बन्धित निकायले पनि यसतर्फ चासो नदिँदा त्रिविको बिजोग भएको उनले सुनाए ।
 
अव्यवस्था भने यतिसम्म छ कि पढाई भइरहेकै समयमा गाई र कुकुर सरासर कक्षाकोठा छिर्छन् । यस्तो समस्याले आजित विद्यार्थी र प्राध्यापकले पटक पटक गुनासो गरेपनि व्यवस्थापनले सुनुवाइ गरेको छैन ।
 
त्यसो त विश्वविद्यालय परिसर नै कुनै खुल्ला सार्वनिक स्थानभन्दा फरक छैन । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ