arrow

गोर्खा ब्रुअरी र जगदम्बा स्टीलले जरिवाना बापतको ५० हजार तिरेनन्

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ साउन २५ मंगलबार
Gorkha-Brewery-jagdamba-steel.jpg.jpeg
काठमाडौं। जनसंख्या तथा वातावरण मन्त्रालयले जगदम्बा स्टिल र गोर्खा ब्रुअरीलाई कारबाही गरेको छ। अघिल्लो आर्थिक वर्षमा यी दुबै कम्पनीलाई गैरकानूनी रूपमा उद्योग सञ्चालन गरेको आरोपमा कारबाही गरिएको भएपनि दुबैले अहिलेसम्म जरिवाना बापतको पैसा नतिरेको मन्त्रालयको मापदण्ड महाशाखाले जानकारी दिएको छ। मन्त्रालयले तय गरेको मापदण्ड विपरित वातावरण प्रदूषण गरेको आरोपमा दुबै कम्पनीलाई जनही ५० हजारको दरमा कारबाही गरिएको मन्त्रालयले जनाएको छ। 
 
वातावरण मापदण्ड तथा अनुगमन शाखा प्रमुख रामचन्द्र पौडेलले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्षमा गरिएका कारबाही मध्ये सबैभन्दा बढी कारबाही भने यी दुई कम्पनीलाई गरिएको हो। उनीहरूमध्ये जगदम्बा स्टिल प्रालिले प्रदूषण गरी उद्योग सञ्चालन गरेकोले वातावरण संरक्षण ऐन २०५३ को दफा १८(२) बमोजिम उक्त उद्योगलाई ५० हजार रूपैयाँ जरिवाना गर्ने भनी २०७२ साल माघ ११ गतेको मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले जनाएको छ। तर, स्टिलले अहिलेसम्म पनि जरिवाना बापतको पैसा नतिरेको मन्त्रालयले जनाएको छ। 
 
त्यस्तै गोर्खा बु्रअरीलाई पनि सोही ऐनको सोही दफा अनुसार २०७३ साल बैशाख २२ गतेको मन्त्रीस्तरीय निर्णयबाट ५० हजार रूपैयाँ कारबाही गराउने निर्णय भएको भएपनि अहिलेसम्म उसले पनि पैसा नतिरेको मन्त्रालयले जानकारी दिएको छ। जगदम्बा स्टील र गोर्खा बु्रअरीले अहिलेसम्म पनि जरिवाना बापतको पैसा नतिरेको मन्त्रालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ