arrow

भुकम्प पछि तंग्रिदै ‘जिलु’

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1665728278.jpeg
श्याम प्रसाद खतिवडा, दोलखा। बैशाखमा गएको भुकम्पले घर भत्कीएपछि भीमेश्वर नगरपालिका ७, जिलु की ७० बर्षिया बृद्धा रुद्रकुमारी राईको बिचल्ली भयो । ५ बर्ष अघि मात्र खोटाङबाट थातथलो छाडेर दोलखा आएकी उनको घर भत्कीएपछि बास पाईनन् । छिमेकी गाउँलेको बारीको पाटामा त्रिपाल टागेर केही साता कष्टकर तरिकाले दैनिकी गुजारिन । ५ जनाको परिवार त्रिपालको गोठ भित्रको कष्टकर बसाईका दिनहरु सम्झदै भक्कानिन्छीन रुद्रकुमारी । 
 
आईतबार रुद्रकुमारीको बस्तीमा पुग्दा उनिहरुको मुहार उज्यालिएको थियो । ३ महिनाको गोठ बसाईपछि उनको परिवार अहिले ब्यबस्थित अस्थायी घरमा सरेको छ । आफ्नै जग्गामा जस्ताको ब्यबस्थित कटेरो बनाएकी छिन् । रुद्रकुमारी जस्तै भीनपा ७ बलीस्वाराका स्थानिय थुप्रै अहिले ब्यबस्थित कटेरोमा बस्छन । सरकारको सहयोग पुग्न ढीलाई भइरहँदा एक गैरसरकारी संस्थाको सहयोगमा आफु पालबाट ब्यबस्थित कटेरोमा सरेको राईले सुनाईन। 
 
‘सचिव आएर दिएको १५ हजार त भुकम्प पछि लागेको ऋण तिरेर सकिएपछि के गर्ने भनेर छटपटी बढिरहेको थियो’उनले वेदना सुनाईन ‘तर यही बिचमा एउटा संस्थाले हामीलाई जस्ता दिन आएपछि घर बनाउन सुरु गर्‍यो।’उनका अनुसार उक्त संस्थाले जस्ता मात्र हैन घर बनाउन प्राविधिक सहयोग, किला काटी, त्रिपाल, सिमेन्ट, शौचालय बनाउन प्यान लगायतका निर्माण सामाग्री दिएपछि उनले राम्रो घर बनाउन सकेकी हुन्। 
 
जापान सरकारको सहयोगमा युएन ह्याभीट्याट नेपालले भीनपा ७ का २ सय ५० जना भुकम्प पिडित परिवारलाई गरेको सहयोगले गाउँलेमा उत्साह छाएको छ । सदरमुकाम चरिकोट नजिकैको यो गाउँभरी एक नासका घर बनेका छन् । संस्थाले प्रत्येक घरमा शौचालय निर्माण गर्न सहयोग दिएको सिमेन्ट र प्यानलाई सदुपयोग गरेर स्थानियले चिटिक्क परेको चर्पी घरै पिच्छे बनाएका छन् । कतिपयले संस्थाले गरेको सहयोग बाहेक घर निर्माणमा आफ्नो पनि लगानी थपेका छन् ।
स्थानिय ७२ बर्षिया दलित बृद्धा सुकुमाया सर्कीनीले संस्थाको सहयोगले गाउँ उज्यालिएको बताईन् । 
 
स्थानिय सहयोगी संस्थाका राजु थापाका अनुसार ७ नं वडाका २ सय ५० घर निर्माण गर्न संस्थाले ६३ लाख रुपैँया खर्च गरेको छ। संस्थाले गाउँमा स्थानियका लागी भुकम्पका जोखिम, भुकम्पबाट बच्ने उपाय लगायतका बिषयमा निरन्तर सुसुचित गराउन सुचना केन्द्र स्थापना गरेको छ। संस्थाले भीनपा ५ मा समेत १७ ओटा घर निर्माण गरेको संस्थाका कार्यक्रम संयोजक गोपाल कृष्ण बस्नेतले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ