arrow

विराटनगरमा सीमा सुरक्षा बैठक सुरु

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
283356985.jpeg
पथरी (मोरङ) । नेपाल–भारत सीमा सुरक्षा बैठक आज विराटनगरमा सुरु भएको छ । सोमबार दुबै देशका सुरक्षा अधिकारीसमेतको सहभागितामा बैठक सुरु भएको हो । दशगजामा भइआएको अतिक्रमण हटाउने विषयमा बैठकमा छलफल हुने बताइएको छ । बैठकमा नेपालका तर्फबाट मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सशस्त्र प्रहरीका सीमा सुरक्षा कार्यालयका प्रमुखहरु सहभागी छन् । त्यस्तै भारतका तर्फबाट अररिया, किसानगन्ज र सुपौलका जिल्ला प्रमुख र सुरक्षा अधिकारीहरुको उपस्थिति छ । 
 
बैठकमा दुबै देशका नापी विभागका प्रतिनिधिहरुको समेत सहभागी रहेको मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताउनुभयो । बैठकमा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण र अतिक्रमण भएको दशगजा क्षेत्र खाली गराउने बारेमा छलफल भइरहेको छ । प्रजिअ कार्कीले दुई देशको सिमाना छुट्याउन निर्माण गरिएका सीमास्तम्भबारेमा पनि छलफल गरिने बताउनुभयो । “सिमानामा रहेका पिलरका बारेमा दुई देशका अधिकारीबीच छलफल हुनेछ,” प्रजिअ कार्कीले भन्नुभयो – “पुराना र जीर्ण भएका पिलरको मर्मतसम्भार र पुनःनिर्माणबारे एउटा टुङ्गोमा पुगिनेछ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ