arrow

रेडपान्डाको छालासहित चार पक्राउ

logo
प्रकाशित २०७३ साउन २६ बुधबार
panda5.jpg.jpeg
काठमाडौँ । प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित चारजनालाई आज बुढानिलकण्ठबाट पक्राउ गरेको छ । 
 
गोप्य सूचनाको आधारमा प्रहरीले उदयपुर बलम्ता–८ का सुशील राई, बाग्लुङ भिमगिठी गाविस––१ का मुस्कान थापा, खोटाङ दुवेकोल–८ का २६ वर्षीय जीवन गुरुङ र मकवानपुर सरिखेतपलासे–५ का लालबहादुर थिङलाई नौ थान रेडपान्डाको छालासहित जीवन गुरुङको बुढानिलकण्ठको कोठाबाट पक्राउ गरेको हो । 
 
उक्त छाला तीन-चार दिन अगाडिदेखि जीवनको कोठामा राखिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । उनीहरू उक्त छाला करिब रु ५० लाखमा बिक्री गर्ने योजना बनाइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेको अभियुक्तलाई छालासहित आजै जिल्ला वन कार्यालय काठमाडौँ पठाइएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ