arrow

नेविसंघ सह­महामन्त्रीमा बागलुङका हरिहरको उम्मेदवारी

logo
प्रकाशित २०७३ साउन २६ बुधबार
Harihar-sharma.jpg.jpeg
नारायण रिजाल, बागलुङ। नेपाली विद्यार्थी संघको ११ औ महाधिवेशनमा नेविसंघ बागलुङका निवर्तमान अध्यक्ष हरिहर शर्माले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आईतबार देखी काठमाडौंमा चलिरहेको महाधिवेशनमा प्रदेश नं ४ बाट सहमहामन्त्री पदका लागि आफ्नो उम्मेदवारी रहेको शर्माले बताए। अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन सहित नेविसंघको सुदृढ संगठन निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए।
 
अबको दिनमा काँग्रेस र लोकतन्त्रको नर्सरीको रुपमा रहेको बलियो नेविसंघले मात्र संविधान कार्यान्वयनका निम्ती महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने हुँदा विद्यार्थी संगठनलाई बलियो बनाउनका निमित्त लागेका बताए। महाधिशेनबाट विद्यार्थी आन्दोलनलाई शसक्त बनाउँदै शैक्षिक रुपान्तरण अभियानलाई निरन्तरता दिन जरुरी रहेको हुनाले आफूले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताए। यसका लागि विभिन्न तह र तप्काबाट सबैको सहयोगको खाँचो रहेकोले  आफुलाई सहयोग गर्नका निमित्त आग्रह गरेका छन्। 
 
को हुन त हरिहर ?
२०५६ साल देखी शान्ती सास्कृतिक परिवार जैदीबाट नेपाली काँग्रेसको सांस्कृतिक कार्यक्रमलाई अगाडि बढाउँदै हिडेका हरिहर २०५७ सालमा सतिढुंगा मावि जैदीका नेविसंघ अध्यक्ष बनेर विद्यार्थी राजनितिमा होमिदै गए। त्यस पश्चात २०५९ सालमा नेविसंघ बागलुङको जिल्ला सदस्य, हुँदै २०६२ सालको स्ववियु निर्वाचनमा धौलागिरी बहुमुखी क्याम्पस बागलुङको स्वविय सदस्यमा भारी मतले बिजयी भए। २०५९ सालको निरङकुशंता विरुद्धको आन्दोलनमा पटक पटक जेल जीवन विताएका शर्मा ०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनमा विद्यार्थीको तर्फबाट विषेश भुमिका निर्वाह गरेका थिए।  
 
आम बिद्यार्थीका सामु एउटा निडर र साहसिलो व्यक्तित्वका रुपमा चिनिन्छन्। उनी नेविसंघ बागलुङको सहसचिव, सचिव हुँदै २०६५ सालमा अध्यक्ष बन्न पुगे। उनको कार्यकाल २०७१ सम्म रहयो। त्यस अवधिमा उनले गाउँ गाउँमा विद्यालय तथा क्याम्पसमा संगठन विस्तार गरि विद्यार्थी राजनीतिमा भुमिका निर्वाह गरे। 
 
नेविसंघ बागलुङको अध्यक्ष भएकै बेला २०७० सालमा भएको दोस्रो संविधान सभाको चुनावमा पनि उनले आफ्नो तह र तप्काबाट बागलुङ जिल्लाका तीन ओटै क्षेत्र जिताउनमा राम्रो भुमिका निर्वाह गरी सफल भए। तर त्यही बेला उनको परिवारमा एउटा ठुलो गिरोह लाग्यो। २०७० साल मंसिर २ गते राती विपक्षीहरुको क्रुर आक्रमणबाट उनी लगायत उनका बाबु, आमा, भाई बैनीलाई सांघातिक आक्रमण गरि मरणासन्न बनाइयो।  
 
विपक्षीले उनिहरुलाई खुकुरी भाला र भाटा प्रयोग गरेर मरणासन्न हुनेगरी आक्रमण गरे। तत्काल उद्धार हुनाले उनी लगायत उनको परिवार बाच्न सफल भएका थिए। घाईते भए पनि उनि विपक्षसँग निडर भै मंसिर ४ गतेको निर्वाचनमा मतदान गर्न केन्द्रमा पुगेका थिए। सामान्य परिवारमा हुर्केका उनी देश र राजनीतिको लागि त्यागी बनेका शर्माले विपिको विचार, आदर्श र सिद्धान्तलाई मान्दै आफ्नो पाईला अगाडि बढाएको हुनाले अहिलेको महाधिवेशनबाट पनि आफु सफल हुने दृढ आशा राखेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ