arrow

नेविसंघमा आफ्नो जीत मात्र देखिरहेछन् जीतजंग

logo
प्रकाशित २०७३ साउन २७ बिहिबार
jitjung-prachar.jpg.jpeg
काठमाडौं। महाधिवेशन अगाडी देखिएका सबै विवादहरुलाई टुङ्ग्याएर नेपाल विद्यार्थी संघको निर्वाचनको मिति तय भएसँगै निर्वाचनमा एकाएक माहौल तातिएको छ। अध्यक्षको आकांक्षा देखाएकाहरु पनि प्रचार तथा व्यक्तिगत भेटघाटमा लागेका छन्। काठमाडौँको त्रि-चन्द्र क्याम्पसमा बिहिबार बिहान ८ बजेदेखि चियापान पनि गर्न लागेका छन्। चियापान कार्यक्रममा नेविसंघका महाधिवेशन प्रतिनिधी, समर्थक तथा सुभेच्छुकहरुलाई निमन्त्रणा गरिएको बस्नेतको चुनाब प्रचार प्रसार समितिले जनाएको छ।
 
कतिपय नेताहरु विल्कुल नयाँ ढंगले आफ्नो चुनावी रणनीतिका साथ चुनावी मैदानमा होमिएका छन्। चुनावी मैदानमा रहेका जीतजंग बस्नेत नेताहरु समेत सहमत भएर निर्वाचन समितिले कार्यतालिकाको गृहकार्यमा लागेपछि महाधिवेशन प्रतिनिधिहरूसँग थप सघन छलफलमा जुटेका छन्। उनले प्रचार प्रसारलाई पनि व्यापक बनाएका छन्। हाम्राकुरासँग कुरा गर्दै उनले भने, ' जित्ने उम्मेदवारको रूपमा आफू चुनाबी मैदानमा उत्रिएको बताए। मैले आफ्नो अगाडी जीत मात्र देखिरहेको छु। ' 
 
पार्टीमा देखिएको गुटको प्रभाव विद्यार्थी राजनीतिमा देखिए पनि आफूहरु त्यसलाई न्यूनिकरण गर्दै जाने पक्षमा रहेको बस्नेतले बताए। पार्टी सभापति शेर बहादुर देउवा पक्षसँग नजिक रहेका उनले नेविसंघमा गुटको प्रभाव देखाउन नहुने मत राख्छन।  
 
बस्नेतसँग देउवा निकटकै नैनसिंह महर र सरोज थापा, रत्न कार्की, शुभराम बस्नेत लगायतका नेताले समुहमा प्रतिष्पर्धा दिइरहेका छन्। तर जो जेसँग प्रतिष्पर्धा भएपनि अरूको भन्दा फरक ढंगले आफू प्रचारमा उत्रिएको बताउने बस्नेतले आफ्नो चुनावी माहौल सिर्जना पनि गरिरहेका छन्। 
 
निर्वाचन हुने पक्कापक्की भएपछि बुधबारदेखि जीतजंग बस्नेत थप जोशका साथ मैदानमा उत्रिएका छन्। कुनैपनि हालतमा उम्मेदवारी फिर्ता नहुने र हार्ने समेत सम्भावना नरहेको बताउने बस्नेत अबको निर्वाचनको लागि भोट माग्दै दोस्रो पटक प्रतिनिधीसँगको भेटघाटमा रहेको बताउँछन्। उनी पहिलो पटक देश दौडाहाको क्रममा रहेको र अब काठमाडौंमा नै मतदातासँगको प्रत्यक्ष भेटघाटको लागि आफू मैदान उत्रिएको बताउँछन्। उनी आफ्नो टिकट र जीत समेत सुनिश्चित रहेको बताउँछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ