arrow

पाँचथर अस्पतालमा विरामीको चाप बढ्यो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
474269428.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । मौसम परिवर्तन सँगै जिल्ला अस्पतालमा विरामीको चाप बढेको छ । रुखाखोकी,ज्वरो,टाइफाइड लगायत भाइरल रोगको विरामीको चाप वढेको अस्प्ताल प्रशासनले जनाएको छ ।

अहिले दैनिक ७० देखि ८० जनाको हाराहारीमा विरामी आउने गरेको अस्पतालका डा।ओमप्रकाश यादवले जानकारी दिए । विरामीको चाप वढेपछि अहिले भुईमा राखेर समेत उपचार गराइराखिएको उनले बताए ।

१५ शैयाको यस अस्पताल भएकोले विरामीको चाप वढेपछि भुइमा राखेर समेत विरामीको उपचार गराउन वाध्य हुनुपरेको उनले बताए । अस्पतालका शैया वढाउन नागरिकले आग्रह गरेपनि अहिले सम्म सम्वन्धित निकाय बाट पहल भएको देखिँदैन् ।

यस अस्पतालमा उपचारका लागि पाँचथर जिल्ला, छिमेकी तेह्रथमुको आठराई र ताप्लेजुङ जिल्ला बाट समेत विरामीहरु आउने गरेका छन् । भाइरलको प्रकोप देखिएकोले अनिवार्य मास्कको प्रयोग गर्न तथा उमालेको पानी मात्रै प्रशस्त मात्रा पिउन डाक्टरले सर्वसाधरणलाई सुझाव दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ