arrow

अतिरिक्त सेवा सुविधाको माग राख्दै डाक्टरहरु आन्दोलित,ओपिडी सेवा बन्द गरी खुला चउरमै उपचार गर्दै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1901724545.jpeg
ईश्वर दत्त बडू। कञ्चनपुर । अतिरिक्त सेवा सुविधाको माग राख्दै आइतबार देखि अनिश्चितकालका लागि  बहिरङ्ग सेवा बन्द गरेर आन्दोलनमा उत्रेका महाकाली अञ्चल अस्पतालका डाक्टरहरुले सोमबारदेखि बाहिरै बसेर बिरामीको उपचार गरिरहेका छन् । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालका चार जना डाक्टरहरुले अतिरिक्त भत्ता लगायत विभिन्न तालिममा सहभागी हुनुपर्ने माग राख्दै अनिश्चितकालका लागि आईतवार देखि बहिरङ्ग सेवा ठप्प पारेका थिए । मेडिकल अधिकृत डा.महेश शाह, निलम शाह, हरि शर्मा र योगेश भट्ट आन्दोलनमा उत्रेका हन् ।
 
बिरामीहरुलाई मर्का नपरोस भन्दै उनीहरुले बिरोध स्वरुप बाहिरै टेबुल लगाएर उपचार गर्न लागेको मेडिकल अधिकृत डा. हरि शर्माले बताउनुभयो । सोमबार १० बजेदेखि १२ बजेसम्म ७० भन्दा बढि बिरामीको चेकचाँच बाहिरै गरिएको शर्माले बताउनु भयो  ।बिरामीको स्वास्थ्य प्रति आफूहरु चिन्तित रहदै पटक पटक  मेडिकल सुपरिन्टेन्डेन्ट समक्ष आफ्ना माग बारे लिखित पत्र दिए पनि मागबारे वेवास्ता गरेका कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरुले बताएका छन् । माग सम्बोधन नगरुन्जेलसम्म आन्दोलन जारी राख्ने र माग पुरा नगरे राजिनामा दिने समेत डाक्टरहरुले चेतावनी दिएका छन् । डाक्टरहरुका मागका बिषयमा सम्बन्धीत निकाय समक्ष पुर्‍याईसकेको अस्पताल प्रशासन  ले जनाएको  छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ