arrow

सुर्खेतमा बस दुर्घटना, २८ घाइते

logo
प्रकाशित २०७३ साउन २७ बिहिबार
accident-@-.jpg.jpeg
सुर्खेत । सुर्खेतमा यात्रु बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएका मध्ये केहीको अवस्था चिन्ताजनक छ । सुर्खेतको थिमिकाँडाबाट सदुमुकाम विरेन्द्रनगर जाँदै गरको ना २ ख ५५६९ नम्बरको बस दुर्घटना भएको हो ।
 
विरेन्द्रनगर नगरपालिका ७ नजिकै रहेको बटुका पीपलचौतारामा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 
 
ब्रेक फेल भएपछि बस दुर्घटना भएको प्रारम्भिक जानकारी आएपनि घटनाको थप विवरण आउन बाँकीरहेको प्रहरीले जनाएको छ । बसमा ४० देखि ४५ यात्रु सवार रहेका बताइएको छ । घाइते सबैको क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ