arrow

वन विज्ञान संकायको साझा उम्मेदवार भट्ट

logo
प्रकाशित २०७३ साउन २७ बिहिबार
Niraj-Babu-Bhatta.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनमा वन विज्ञान संकायको प्रतिनिधित्व गर्दै निरज बाबु भट्टले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। वन विज्ञानका विद्यार्थीहरुको सोमबार बसेको बैठकले उनलाई उक्त संकायको साझा उम्मेदवारको रुपमा प्राविधिक तर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो। 
 
वन विज्ञान संकायले ने.वि.संघको केन्द्रीय समितिमा अहिलेसम्म प्रतिनिधित्व गरेको छैन। अघिल्ला अधिवेशनहरुमा कि त इन्जीनियर कि त मेडिकलका उम्मेदवारलाई सहयोग गर्दै आएको वन विज्ञानले यसपटक आफ्नै उम्मेदवार खडा गरेको हो। वन र वातावरणको मुद्दाहरुलाई राजनीतिको मुलधारमा ल्याउन र विकृत राजनीतिक संस्कारलाई परिस्कृत बनाउने उद्देश्यसहित आफुले उम्मेदवारी दिन लागेको भट्टले बताए। युगसुहाउँदो समयसापेक्ष प्राविधिक शिक्षाका पक्षमा आफु रहेको र सोका लागि लागिपर्ने उनको भनाई छ।
 
को हुन् भट्ट ?
वि.सं. २०४७ सालमा गोरखाको बगुवामा जन्मेका भट्ट सानै उमेरदेखी राजनीतिमा चाख राख्थे। राजनीतिक पृष्ठभूमीको परिवारमा जन्मेका उनी राजनीतिसम्बन्धि लेखरचना र पुस्तक उपलब्ध भएसम्म पढ्ने गर्छन्। उनका पिता किसान संघ गोरखाका सभापति छन्। माओवादी द्वन्द्वको समयमा उनको परिवारले निकै दुःख पाएको थियो। पटकपटक माओवादी अपहरणमा परेका उनका पिता गाउँबाट विस्थापित भएका थिए। वि.सं. २०५८ सालको मंसिरमा करिब २०० माओवादी कार्यकर्ताले घर घेरी उनको पिताको हत्या प्रयास समेत गरेको थियो। तर नेपाली सेनाको सहयोगमा उनका पिता बाँच्न सफल भए। 
 
०६२/६३ को १९ दिने जनआन्दोलनको समयमा भट्ट एसएलसि दिएर बसेका थिए। गोरखामा भएको आन्दोलनका कार्यक्रमहरुमा उनी सक्रियतासाथ लागेका थिए। वि.सं. २०६४ सालमा वन विज्ञान अध्ययन संस्थान, पोखरामा प्रवेश गरेपछि औपचारिक रुपमा उनी नेपाल विद्यार्थी संघको राजनीतिमा लागे। वन विज्ञान पोखरामा उनी इकाई सह–सचिव, सचिव हुँदै उपसभापतिसम्म भए। प्रदिप पौडेल ने.वि.संघ अध्यक्ष छँदा भट्ट प्राविधिक विद्यार्थी परिषद्को उपाध्यक्ष भएका थिए। वि.सं. २०६५ को स्व.वि.यु. निर्वाचनम व.वि.अ.सं.मा अन्य संगठनको संयुक्त प्यानलमाथि ने.वि.संघले विजय प्राप्त गर्नुको पछाडी उनको पनि ठुलो भुमिका रहेको थियो। वन विज्ञानमा स्नातक उत्तीर्ण भट्ट साथीहरुमाझ बहुआयामिक व्यक्तित्वका रुपमा परिचित छन्। राजनीतिको अलावा उनी साहित्य र सामाजिक कार्यमा पनि सक्रिय छन्। पोखरा रहँदा उनी केही समय सञ्चार क्षेत्रमा समेत आबद्ध थिए। उनका साथीभाई उनको उद्घोषण तथा भाषणकलाको प्रशंशा गर्छन्।
 
काँग्रेस तथा ने.वि.संघका स्थानिय र केन्द्रीय नेताहरुले विभिन्न कार्यक्रम र भेटघाटमा निकै प्रशंशा गर्ने वन विज्ञानलाई केन्द्रमा पुर्‍याउन यसपटक साथ दिनेमा भट्ट आशावादी छन्। कुनै गुट र उपगुटमा नलागि राजनीति गर्नु निकै चुनौतीपुर्ण रहेको उनको अनुभव छ। सबै प्राविधिक संकायहरुलाई ने.वि.संघको केन्द्रीय तहमा पुर्‍याउन सके मात्र ने.वि.संघले प्राविधिक शिक्षामा आफ्नो एजेण्डालाई बलियो बनाउन सक्ने उनको धारणा छ। आफु सोका लागि प्रयासरत रहेको र अन्य संकायका साथीहरुले पनि यसमा साथ दिनेमा भट्ट विश्वस्त देखिन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ