arrow

पेस्तोलसहित चौधरी पक्राउ

logo
प्रकाशित २०७३ साउन २७ बिहिबार
gun-1.jpg.jpeg
धनगढी । कैलाली जिल्लाको दक्षिणी क्षेत्रको पवेरा गाविस– ६ का ओमप्रकाश चौधरीलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । 
 
निजलाई एक नाल कटुवा पेस्तोल तथा यसमा लाग्ने गोली चार राउण्ड र ‘थ्रि नट थ्रि’ राईफलमा प्रयोग हुने दुई राउण्ड गोलीसहित मङ्गलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
निजको घरमा हातहतियार खरखजाना रहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हसुलियाबाट गएको टोलीले घरमा खानतलासी गर्दा उक्त हतियार बरामद गरिएको जनाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ