arrow

गाविस टुक्रयाएको भन्दै पाँचथरको भारपाका स्थानियवासी आक्रोशित

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ साउन २७ बिहिबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर । गाँउ र नगरपालिका बनाउने क्रममा गाविस टुक्रयाएको भन्दै पाँचथरको भारपाका स्थानियवासी आक्रोशित बनेका छन् । भारपाका १ देखि ५ नम्वर सम्मका वडाहरुहरुलाई टुक्रयाएर प्रस्तावित फालेलुङ गाँउ पालिकामा समावेश गर्न खोजेको भन्दै उनीहरुले आज स्थानिय विकाश अधिकारीलाई ज्ञापनपत्र समेत वुझाएका छन् ।
 
हालै सम्पन्न पुर्नसंरचना सम्वन्धि छलफलका क्रममा जिल्ला स्तरीय प्राविधिक समिति र राजनैतिक दलको संयुक्त भेलाले भारपाका १५ देखि ५ नम्वर सम्मका वडालाई फालेलुङ गाँउ पालिका र ६ देखि ९ लाई फिदिम नगरपालिकामा प्रश्ताव गरेको थियो ।
 
निर्णय भएको दुई दिन नवित्दै भारपा वासिन्दाले जोरपोखरी बजारमा भेला भएर विमल सापकोटा संयोजक रहेको १ सय १३ सदसीय अखण्ड भारपा संघर्ष समिति गठन गरेको थियो ।
 
बिहिवार सो समितिका पदाधिकारीसँगै सयौंको संख्यामा आएका सर्वसाधारणले जिल्ला विकास समितिसँगै कांग्रेस,एमाले र माओवादी केन्द्र सहित जिल्लामा  कृयासिल दलका कार्यालयहरुमा घेराउ गर्दै भारपा टुक्रयाउने निर्णयप्रति गाविसवासी सहमत नभएको वताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ