arrow

मधेश आन्दोलनको समर्थनमा नेपाली कांग्रेस नगर समितिद्वारा मोटर साईकल र्‍याली

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
234382267.jpeg
वीरगंज ।मधेश आन्दोलनको समर्थनमा नेपाली कांग्रेस नगर समिति वीरगंजले आज वीरगंजमा मोटर साईकल ¥यालीको आयोजना गरेको छ । माईस्थान चौकबाट कांग्रेसको झण्डा सहित निस्किएको र्‍यालीले नगर परिक्रमा गरेको थियो । माईस्थानबाट आदर्शनगर, विर्ता चौक, अलखिया मठ, गिता मन्दिर चौक हुँदै नगर परिक्रमा पछि माईस्थानमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै नगर सभापति महम्मद सहाबुद्दिनले १ सय १० दिन देखि जारी आन्दोलनमा ५४ जना मधेशी जनताले सहादत्त प्राप्त गरि सकेको र आन्दोलनले अहिले सम्म निकास नपाएको प्रति दुःख व्यक्त गर्दै यसलाई अझ सशक्त रुपमा अगाडी बढाउन नेपाली कांग्रेस समेत सडक संघर्षमा आएको बताउनु भयो । वहाँले मधेशवादी दलले सबैलाई एकजुट बनाएर आन्दोलनमा लैजानु पर्ने कुरामा समेत जोड दिनुभयो ।
 
सोहि कार्यक्रममा नगर सभापति सहाबुद्दिनले अबको आन्दोलन नेपाली कांग्रेस जिल्ला कार्य समिति र क्षेत्रिय समिति द्वारा गरिने घोषणा गर्नु भयो । कार्यक्रममा पूर्व सभासद ओम प्रकाश शर्मा, महासमिति सदस्य ध्रुव नेपाल, रामनारायण कुर्मी, उत्तमा प्याकुरेल, जिल्ला कार्य समिति सदस्य अरविन्द गुप्ता, रुपा श्रेष्ठ, क्षेत्रिय सभापतिहरु विजय सर्राफ, विरेन्द्र पटेल, श्याम पटेल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राधेश्याम चौरसिया, मुस्लिम संघका के. सचिव मो. सत्तार मंसुरी, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहा, नेपाल पत्रकार महासंघ पर्साका पुर्व सभापति दिपेन्द्र चौहान, भोला साह, रविन्द्र ठाकुर, मनोहर साह, परमानन्द साह कानु लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । मधेश आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई दबाव दिने उद्देश्यले गत शनिबार देखि नेपाली कांग्रेसले वीरगंजमा विभिन्न कार्यक्रमको अयोजना गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ