arrow

महाविर पुनले सरकारसँग अव केही नमाग्ने

logo
प्रकाशित २०७३ साउन २८ शुक्रबार
Pun-mahabir.jpeg.jpeg
काठमाडौं। सामाजिक अभियन्ता महावीर पुनले अव आइन्दा राज्यसँग हात नफैलाउने बताएका छन्। “अव जनताको ढोका ढकढकाउन थालिसके, जनताको उत्साहजनक साथ पाएको छु, अव म राज्यसँग कुनै रकम माग्दीन,” त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा आयोजित कार्यक्रममा पुनले भने। 
 
राष्ट्रिय आविस्कार केन्द्र निर्माण अभियानमा सहयोग गर्न गठित इनोभेटिभ युथ मुभमेन्टद्वारा आयोजित अन्तरक्रियामा पुनले विगतमा राज्यसँग आविष्कार केन्द्रका लागि पटक पटक अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएकाले आफु जनताका वीच आएको स्पष्ट पारे।
 
कार्यक्रममा विद्यार्थी तथा प्रध्यापकबाट संकलित रकम हस्तान्तरण गरिएको थियो। युवा वैज्ञानिक रामचन्द्र कँडेलले यो अभियानलाई देशव्यापीरुपमा सञ्चालन गर्न र आविष्कार केन्द्रको निमार्णमा सहयोग जुटाउन इनोभेटिभ युथ मुभमेन्ट गठन गरिएको बताए।
 
कार्यक्रममा इनोभेटिभ युथ मुभमेन्टका संयोजनकर्ता तथा राष्ट्रिय युवा परिषदका सदस्य खिम पन्थीले राजनीतिक नेतृत्वले विज्ञान तथा प्रविधिलाई बुझ्न नसक्नु नै विज्ञान क्षेत्र ओझेलमा पर्नुको मुख्य कारण रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ