arrow

सीमा व्यवस्थापन गर्न नेपाल–भारतबीच सहमति

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1878693003.jpeg
झापा । झापा, मोरङ र सुनसरीमा पर्ने नेपाल र भारत सीमाको स्थलगत अध्यन गरी व्यवस्थापन गर्न दुवै देशका स्थानीय अधिकारीले संयुक्त टोली निर्माण गरेका छन् । 
 
विराटनगरमा सोमबार बसेको दुवै देशका स्थानीय उच्चअधिकारीको बैठकले दुवै देशबाट १५–१५ जनाको संयुक्त टोली निर्माण गरी संयुक्त रुपमा परिचालन भएर झापा, मोरङ र सुनसरी र भारत बिहार राज्यको किसनगन्ज, अररिया र सुपौल जिल्लाको सीमाको स्थलगत अध्ययन गरी व्यवस्थापनको काम गरिने मोरङका प्रजिअ गणेशराज कार्कीले बताए । 
 
प्रजिअ कार्कीका अनुसार टोलीले सीमाको अध्ययन गरी सीमास्तम्भ पुनःनिर्माण गर्ने, हराएका स्तम्भको खोजी गर्ने, दशगजा क्षेत्र खाली गराउने र नयाँ नक्सा तयार गर्ने गर्नेछ । बैठकमा छ महिनाभित्र सीमा व्यवस्थापन गरिसक्ने सहमति भएको बिहार राज्य अररिया जिल्लाका डिए हिमांशु शर्माले बताए । 
 
टोलीमा नेपालतर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी कार्की, सुनसरीका प्रमुख जिल्ला अधिकारी  रविलाल पन्त, झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पोखरेलसहित राष्ट्रिय अनुसन्धान र नापी कार्यालयका अधिकृत सहभागी  थिए । 
 
उता, भारततर्फ बिहार राज्य अरिरियाका डिएम शर्मा सुपौल जिल्लाका डिएमएम रामचन्द्रदु, किसानगन्ज जिल्लाका डिएम रामजी शाह, अररियाका प्रहरी प्रमुख सुधिर कुमार पोरकिया र चिफ इन्जिनियर पिदासलगायत १५ जना सहभागि भए । 
 
 
 
 
 
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ