arrow

नेपाली युवा टोली मलेसिया जाँदै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
304385333.jpeg
काठमाडौ । आगामी मङ्सिर १७–२० सम्म मलेसियामा हुन लागेको ‘एसियन युथ च्याम्पियन कम्पिटिसन’मा भाग लिन नेपाली युवा टोली मलेसिया जाने भएको छ । नेपाल पर्वतारोहण सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा युवा प्रतियोगितामा भाग लिन नेपालका तर्फबाट पञ्चमाया तामाङ, रुसा प्रधान, पेम्बा शेर्पा र सन्तोष पाण्डे मलेसिया जाँदै छन् ।  
 
सम्मेलनमा सङ्घका उपाध्यक्ष शान्तविर लामाले नेपाल पर्वतारोहण सङ्घको तर्फबाट पहिलोपटक च्याम्पियनसिपमा भाग लिन पठाउन लागेको जानकारी दिँदै सहभागीलाई सफलताको कामना दिए ।  उहाँले विगत पाँच वर्षदेखि हुँदै आएको सो प्रतियोगितामा पहिलोपटक नेपालको प्रतिनिधित्व गराएर देशलाई चिनाउन ठूलो सहयोग पुग्ने विश्वास गरे । प्रतियोगितामा १८ वर्षमुनिका युवाको सहभागिता रहनेछ । 
 
प्रतियोगितामा एसियाका पाकिस्तान, हङकङ, भारत, कोरिया, जापानलगायतका १५ देशको सहभागिता रहने सङ्घले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ