arrow

ललितपुर महानगर मेयरको उम्मेदवारका लागि काँग्रेसले सिफारिस गर्‍यो सात जनाको नाम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २ शुक्रबार
lalitpur-metro.png
फाइल तस्बिर

ललितपुर। नेपाली काँग्रेसले ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ। काँग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्व सभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो। काँग्रेस ललितपुर महानगर कार्यसमितिले नाम सिफारिस गरेको हो।

महानगरमा मेयरको उम्मेदवारको टुङ्गो काँग्रेस केन्द्रीय कार्यसमितिले लगाउनेछ। काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि उपसभापति  पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ