arrow

'सुबिसु क्यान कमटेक २०१६' भाद्र २३ गते देखि भृकुटीमण्डपमा हुने

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
canpressrelease.jpg.jpeg
काठमाडौँ । सूचना तथा संचार प्रविधिको क्षेत्रको प्रर्वधन र बिकास गर्ने उदेश्यले आगामी सेक्टेम्बर ८ देखि ११ (भाद्र २३-२६) गतेसम्म भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा क्यान कमटेक २०१६ आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ  । आयोजक क्यान महासंघले आइतबार पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो ।
 
 क्यानले बर्षेनी नेपालमा सूचना तथा संचार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धनका लागि सुचना प्रविधिसँग सम्बन्धित विभिन्न प्रदर्शनीहरु गर्दै आएको बताएको छ । यस पटकको “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” मा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, इलेक्ट्रोनिक्स सेक्युरिटि तथा सेफ्टि एण्ड सलुशन , हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरु रहने क्यानले जनाएको छन् । प्रदर्शनीको टाइटल स्पोन्सर सुबिसु केवलनेट प्रा.लि. र एशोसिएट स्पोन्सर सामसुङ रहेको हुँदा क्यान कमटेकको अफिसियल नाम “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” रहने महासंघले जनाएको छ ।
 
 त्यस्तै प्लाटिनम स्पोन्सरमा वेबसर्फर, सिल्भर स्पोन्सरमा स्टार अफिस ईन्टरनेशनल र नेटिस छ भने प्रिन्ट स्पोन्सरमा स्प्यारो एस.एम.एस. रहेको छ । साथै अफिसियल बैंकको रुपमा सन्राइज बैंक रहेको छ । सुबिसु, सामसुङ र सन्राइज बैंक २०७३ सालमा हुने क्यान तीनवटै कमटेक २०१६, क्यान ईन्फोटेक २०१७ र क्यान आईसिटि कन्फरेन्स २०१७ कार्यक्रमहरुको टाईटल स्पोन्सर, एशोसिएट स्पोन्सर र अफिसियल बैंकको रुपमा रहेका छन् ।
 
 “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” को अफिसियल पार्टनरमा, हाम्राकुरा डटकम, जानकि टेक्नोलोजी, एएसपसए र विटी प्रिन्टिङ्गस् लगायत रहेका छन् । सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङमा जम्मा ८१ (सानो र ठूलो गरि) वटा स्टलहरु रहनेछन् । हाल सम्म ९० प्रतिशत स्टल बुकिङ्ग भइसकेको क्यान महासंघका अध्यक्ष बिनोद ढकालले पत्रकार सम्मेलनमा जानकारी दिए ।
 
त्यस्तै यस संस्करणको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजीलाई जोड दिइएको छ । ब्रोडब्याण्ड ईन्टरनेट सेवामा अन्तर्गत विशेष सहुलियत सहित हाइ स्पिड इन्टरनेट प्रमुख आकर्षण बन्ने छन् । विश्व विख्यात एण्ड्रोइड मोवाइलका नयाँ प्रविधिहरु यस प्रदशनीका प्रमुख आकर्षण रहने छन् । नेपाल सरकारले परिकल्पना गरेको स्मार्ट सिटीको आधारभुत पूर्वाधार सम्बन्धी जानकारी यस प्रदर्शनीमा उपलब्ध हुने छ । 
 
नेपाल सरकारका विभिन्न निकायहरुले गरिरहेका सूचना तथा सञ्चार प्रविधिको अभ्याससँग सम्बन्धित गतिविधिहरुको प्रदर्शन पनि सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङको आकर्षणका रुपमा रहने आयोजनकले बताएका छन । सुविसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५०। र विद्यार्थीका लागि रु २५ । तोकिएको साथै कलेज तथा स्कुलका विद्यार्थीहरु सम्बन्धित कलेज तथा स्कुलको पत्र सहित आएमा टिकट दरमा विशेष छुट प्रदान गरिने क्यानले जनाएको छ । 
 
क्यानले यस पटकको प्रदशनीमा १ लाख ५० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने अनुमान गरेको छ । साथै क्यान महासंघको सबै जिल्ला शाखाहरुको प्रतिनिधिहरु समेत सहभागी हुनेछन् । नयाँ नेपाल अर्थात ई–नेपाल निर्माणका लागि सूचना तथा सञ्चार प्रविधिमा आमजनताको पहुँच पुग्न जरुरी रहेको तथा यस क्यान कमटेकले त्यसतर्फ सहयोगी बन्न सक्ने क्यान महासंघका महासचिव विश्व राम बलामीले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ