arrow

मेसी, नेमार र रोनाल्डोमा को बन्ला वर्ष उत्कृष्ठ ?

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
443907944.jpeg
एजेन्सी । विश्व फुटबल महासंघ फिफाले यस वर्षको उत्कृष्ट फुटबलर अर्थात बलुन’डी ओर उपाधिका लागि तीन खेलाडीको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
 
फिफाले सोमबार राति सार्वजनिक गरेको अन्तिम नामावलीमा बार्सिलोना मुख्य फरवार्ड अर्जेन्टाइनी खेलाडी लियोनल मेसी, सोही क्लबबाट व्यवसायिक फुटबल खेल्ने फरवार्ड ब्राजिलियन खेलाडी नेमार र रियाल मड्रिडका मुख्य फरवार्ड पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डो छन् ।
 
फिफाले यही मंसिर २५ (जनवरी ११) मा स्वीजरल्याण्डको ज्युरिचमा एक समारोहबीच वर्षको उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गर्नेछ । अजर्नेन्टाइनी फुटबलर मेसी र पोर्चुगिज फुटबलर रोनाल्डोले पछिल्लो सात वर्षदेखि बलुन डे’ओर उपाधिमा कब्जा जमाउँदै आएका छन् ।
 
मेसीले चार तथा रोनाल्डोले तीन पटक उपाधि हात पारेका छन् । यो वर्ष ब्रजिलियन फुटबलर नेमारले बालोन डी’ओर जिते सात वर्षदेखि रहँदै आएको रोनाल्डो–मेस्सीको विजयी यात्रा भङ्ग हुनेछ । पछिल्लो समय नेमार उत्कृष्ठ फर्ममा देखिएका छन् । 
 
चोटका कारण मेसी दुई महिना थन्कीएपछि बार्सा नेमार र लुइस सुआरेजले सम्हालेकै कारण पनि मुल्याङ्कन नेमारको पक्षमा हुने धेरैको आँकलन छ । यद्यपि, पोर्चुगिज स्टार रोनाल्डो फर्म पनि उतिकै बलियो छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ