arrow

गुल्मीबाट छुट्ने सवारी साधनलाई टाइम कार्डको व्यवस्था

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
543345078.jpeg
कौरव खत्री,गुल्मी। १५ मंसिर सोमबारदेखि गुल्मीबाट छुट्ने सवारीका साधनहरुलाई टाइम कार्ड व्यवस्था गरिएको छ । बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न भन्दै जिल्ला ट्राफिक कार्यालय गुल्मीको सक्रियतामा जिल्लाबाट छुटने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको हो । जिल्लाबाट पाल्पा, बुटवल, काठमाडौं लगायतका स्थानमा छुट्ने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले जानकारी दिनुभयो।
 
सोमबार तम्घासमा एक कार्यक्रमका बिच जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेलले वस चालकलाई टाइम कार्ड हस्तान्त्रण गर्नु भएको थियो । सवारी चालकलाई टाइम कार्ड हस्तान्त्रण गर्दै प्रमुख जिल्ला अधिकारी कडेलले सवारी साधान सुचारु गर्न भन्दा पहिले चालकले अनिवार्य यात्रु ध्वानी वडापत्र बजार वा यात्रु महानुभाव संग चालकले यात्रा गर्दा बिभिन्न कुराहरुमा सजक सचेत गराएर मात्र यात्रा गराउन आग्रह गर्नु भएको थियो । चालकले सवारी साधनमा सुचारु गर्दा टाइम काममा उल्लेखित निर्देशन पालना गर्न आग्रह गर्नु भएको थियो । टाइम कार्ड अनुसार चालकले सवारी साधन सुचारु गरे वढ्दो दुर्घटना न्यूनिकरण गर्न मद्दत हुने उहाँको भनाई छ । सवारी साधनहरुले सिट क्षमता अनुसार यात्रु राख्न र अनिवार्य रुपमा टाइम कार्ड अनुसार सवारी सुचारु गर्न आग्रह गर्नु थियो।
 
जिल्लाबाट छुटने वस, हाइस, निसान गाडी र वअ जिपलाई टाइम कार्डको व्यवस्था गरिएको छ । सदरमुकाम तम्घासबाट जिल्ला बाहिर छुट्ने सवारी साधनहरुलाई रिडी सम्मका लागी टाइम कार्डको व्यवस्था गरिएको हो । सदरमुकाम तम्घासबाट छुटने वसले रिडी २ घण्टा ४५ मिनेटमा पुर्‍याउनु पर्ने छ भने हाइस, निसान गाडी बअ गाडीले २ घण्टामा रिडी पुग्ने गरि टाइम कार्डको व्यवस्था गरिएको ट्राफिक प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
 
     जिल्लाबाट छुट्ने बिभिन्न यातायत व्यवसायीहरुसंगको छलफल पछि टाइम कार्डको व्यवस्था गरिएको श्रेष्ठको भनाई छ । ट्राफिक प्रमुख श्रेष्ठले भन्नुभयो “हामीले पहिलो चरणमा एक हप्ता सम्म सबै सवारी साधनलाइ टाइम कार्ड वितरण गरेर चालकहरुको सुझाव लिएर अगाडी वढ्ने बताउनु भयो” । सबै सवारी साधनले टाइम कार्ड अनुसार सवारी साधनहरु सुचारु गरे जिल्लामा वढदो दुरघटना न्यूनिकरण गर्न मद्दत पुग्ने उहाँको भनाई छ । टाइम कार्ड हस्तान्त्रण कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल, प्रहरी नायव उपरिक्षक रबिन्द्र रेग्मी, ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठ,नेपाली कांग्रेस गुल्मीका उपसभापति भुवन प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल,पश्चिम नेपाल वस व्यवसायी संघका महेश काउछा लगायत रहनु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ