arrow

क्लासिकको हारें हारें सार्वजनिक(सुन्नुहोस् अडियो)

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
602757426.jpeg
काठमाडौं । फिल्म क्लासिकको निर्माण यूनिटले एक वियोगान्त गीतको अडियो सार्वजनिक गरेको छ । युटुबमा सार्वजनिक भएको ‘हारें हारें’ गीतले फिल्मको कथालाई चित्रित गर्नेछ । म्यूजिक लभ स्टोरी यो फिल्ममा आर्यन सिग्देल र नम्रता श्रेष्ठको मुख्य भूमिका छ । सुवास गिरी इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो फिल्मको निर्माण गरिएको हो । आँखा देख्न नसक्नेहरुको म्यूजिक प्रेम कथामा यो फिल्म निर्माण भएको छ ।

फिल्ममा वियोगान्त, रोमान्टिक गीत समावेश छन् । संगीतकार ताराप्रकाश लिम्बुले भने,‘नोभेम्बर रेनका गीत दर्शकले मन पराइदिएपछि हामीलाई क्लासिकका गीत अझ उत्कृष्ट बनाउने चुनौती थियो । जसअनुसार काम गर्ने प्रयास गरेका छौ ।’

गीतमा ताराप्रकाश लिम्बुको संगीत, दिनेश राउतको शब्द र यूवराज चौलागाइको स्वर छ । ‘नोभेम्बर रेन’को ‘तिमीलाई म के भनु’ बोलको गीतमा ताराप्रकाश र यूवराजले एकाएक चर्चा पाएका थिए ।

सोही फिल्म निर्माण गरेको टिमले क्लासिक बनाएको हो । माघ २९ गतेबा यो फिल्म देशभर प्रदर्शनमा आउनेछ । फिल्मको गीत अनुसार भिडियो पनि तयार भएको कोरियोग्राफर रेनशा वान्तवा राइको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ